Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

सर्वोच्चले सोध्यो– ‘चार्ल्स शोभराजलाई थुनामुक्त किन नगर्ने ?’

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 23, 2021
सर्वोच्चले सोध्यो– ‘चार्ल्स शोभराजलाई थुनामुक्त किन नगर्ने ?’
17
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैद भुक्तान गरिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त किन नगर्ने भन्दै सरकारलाई प्रश्न गरेको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै बिहीबार थुनामुक्त गर्नु नपर्ने कारण माग गरेको हो ।

शोभराजलाई थुनामुक्त नगर्नुपर्ने कुनै कारण भए महान्यायाधीवक्तलाको कार्यालयमार्फत तीन दिनभित्र जवाफ पेस गर्न सरकारलाई भनेको छ । शोभराजले आफूले सजाय भोगिसकेको भन्दै थुनामुक्त गर्न मागसहित बुधबार बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमका आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने आधार र कारण भए सोसमेत साथै राखी यो आदेश प्राप्त भएका मितिले बाटाकाे म्यादबाहेक ३ (तीन) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेशको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरुको नाउँमा म्याद सूचना पठाई सोको जानकारी महान्यायाधिवक्ताको कार्यालयमा दिई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमाअनुसार पेश गर्नु ।’

बिकिनी किलरको रुपमा चर्चा पाएका फ्रान्सेली नागरिक शोभराजलाई नेपालमा दुई विदेशी नागरिकको हत्याको कसुरमा सर्वोच्च अदालतले जन्मकैद सजाय सुनाएको थियो । कारागार नियमावली, २०२० ले ७० वर्ष उमेर पुगेका र असल आचरण भएका नागरिकलाई ७५ प्रतिशत कैद मिनाहा गर्न सकिने व्यवस्था गरेको छ । शोभराजले आफ्नो उमेर ७७ वर्षमाथि पुगेको भन्दै उक्त सुविधा पाउनुपर्ने दाबी गरेका छन् । शोभराजले यसअघि पटकपटक दिएका निवेदन दरपिठ भएका थिए ।

शोभराजमाथि नेपालबाहेक भारत, थाइल्याण्ड, इरान, टर्कीलगायत देशमा २० बढी मानिसको हत्या अभियोग लागेको छ । उनी ‘विकिनी किलर’ र ‘सिरियल किलर’ उपनामले चिनिन्छन् ।

पछिलो समाचार

प्रदेश दुईको नामकरणका लागि पाँच वटा प्रस्ताव पेश

अघिल्लो समाचार

प्रदेश २ मा देउवा पक्षधर कृष्ण यादवको जित

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits