Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

संसद् बैठकमा सभामुखको त्यो आग्रह…

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 22, 2021
संसद् बैठकमा सभामुखको त्यो आग्रह…

sf7df8f}F, # ;fpg . gofF afg]Zj/l:yt ;ª3Lo ;+;b ejgdf cfOtaf/ z'¿ ePsf] k|ltlglw;ef a}7sdf /fi6«klt sfof{noaf6 k|fKt kq k9]/ ;'gfpFb} ;efd'v clUgk|;fb ;fksf]6f . t:jL/ M /Tg >]i7, /f;;

14
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- पुनःस्थापित प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोध कायमै छ । संसद्मा देखिएको गत्यावरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाको पहलकदमीलाई एमालेले अस्वीकार गर्दै आएको छ ।

संसद् खुलाउन सभामुखले बोलाउनुभएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरिरहेको छ । नवौँ अधिवेशन भर संसद्मा एमालेको अवरोध कायम रह्यो । सङ्घीय संसद्को दशौँ अधिवेशन गत मङ्सिर २८ गतेदेखि सुरु भएको छ । दशौँ अधिवेशनको तेस्रो बैठकसम्म एमालेले लगातार संसद् बैठक बहिस्कार गर्दै आएको छ ।

बैठकको कामकारवाही प्रारम्भ हुने वित्तिकै एमाले सांसदले रोष्ट्रम घेराउ गरी नाराबाजी गर्दै आएका छन् । सभामुख सापकोटाले प्रत्येक बैठकमा जनप्रतिनिधिमूलक संस्था संसद्लाई सुचारु रूपमा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्दै आउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि सभामुखले आफ्ना मतभेदलाई राख्ने र अरुका कुरा सुन्न प्रतिपक्षी सांसदसँग अनुरोध गर्नुभयो ।

सभामुख सापकोटाले लोकतन्त्र सिद्धान्त मात्र नभएर पूर्ण पारदर्शी प्रक्रिया र समन्यायिक परिणामको औजार रहेको उल्लेख गर्दै यस सिद्धान्तलाई लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलोको रूपमा रहेको सङ्घीय संसद्ले अनिवार्य रुपमा बुझ्नुपर्ने बताउनुभयो । “परिस्थिति र परिवेश सधैँ एकै रहँदैन । समसामयिक रूपमा परिस्थिति अनुकूल राष्ट्रिय हितलाई ध्यानमा राखी कार्यसम्पादन गर्नु र सरकारलाई गर्न लगाउनु संसद्को प्रमुख कर्तव्य पनि हो । उल्लिखित विषयवस्तु मनन गर्दै सहज सभा सञ्चालनमा सहयोग गर्न सम्पूर्ण सदस्यको ध्यानाकर्षण गराउन चाहन्छु”, उहाँले भन्नुभयो ।

जनप्रतिनिधिहरूका सर्वोच्च निकाय सङ्घीय संसद् एवं संसद् सदस्यले स्वीकृत विधि, पद्धति एवं प्रक्रिया पालना गर्ने कुरामा अझै बढी संवेदनशील एवं प्रतिबद्ध हुन आवश्यक रहेकामा जोड दिँदै सभामुखले सभाको नियमित प्रक्रियामा प्रवेश गरी आफ्ना असहमतिलाई सुव्यवस्थित ढङ्गबाट राख्न अनुरोध गर्नुभयो । उहाँले नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरुपणमा प्रतिकूल असर पार्ने विषयमाथि सङ्घीय संसद्को कुनै सदनमा छलफल गर्न बन्देज गरेको विषय स्मरण गराउनुभयो ।

“कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरूले बोल्न पाउनुपर्छ, जनताका आवाज मुखरित गर्ने जनताको सर्वाेच्च जनप्रतिनिधिसभा अवरुद्ध हुँदा जनतामा एक प्रकारको निराशाको भाव पैदा हुने खतरा पैदा भएको छ”, सभामुख सापकोटाले भन्नुभयो, “विशेष रूपमा यो बैठकलाई प्रभावकारी बनाउन, सुचारु रुपले सञ्चालन गर्नका लागि म तपाईंहरूलाई विशेष रुपमा आग्रह गर्दछु ।”

गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिस गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप एमालेले लगाउँदै आएको छ ।

सभामुखको आग्रहलाई बेवास्ता गर्दै प्रतिपक्षीको विरोध जारी रहिरहँदा संसद्को कामकारबाही कार्यसूचीमा प्रवेश गरेको थियो । बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ र ‘रेल्वे अध्यादेश, २०७८’ अध्यादेश बहुमतले स्वीकृत गरेको छ । संसद्को अर्को बैठक यही पुस १८ गतेका लागि बोलाइएको छ ।

पछिलो समाचार

नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि

अघिल्लो समाचार

प्रदेश दुईको नामकरणका लागि पाँच वटा प्रस्ताव पेश

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits