क्यास प्लस परियाेजना अन्तर्गत पाेषण, विकासका लागि सञ्चार,बालसंरक्षण खानेपानी, स्वच्छता तथा सरसफाईसम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । जनकपुरधाम उपमहानगरपालिका स्थित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूबीच साे कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाकाे परिचालन, कुपाेषित बालबालिकाकाे पहिचान, पूर्ण मास्क प्रयाेग, काेभिडविरूद्वकाे खाेपकाे सुनिश्चितता, आपतकालिन बालसंरक्षण सहयाेग सम्बन्धी छलफल भएकाे थियाे । युनीसेफकाे आर्थिक तथा प्राविधिक सहयाेग र लाइफ नेपाल, धनुषाले आयाेजना भएकाे आयाेजक संस्थाका टीम लिडर जीवन पुडासैनीले जानकारी दिए ।
कार्यक्रमले समुदायमा रहेका बालबालिकाकाे पाेषणकाे अवस्थाकाे बारेमा वास्तविक तथ्यांक आउनुकाे साथै आगामी कार्ययाेजना निर्माण गर्न सहज हुने युनिसेफकी पाेषण अधिकृत सुमी मास्केले बताईन् । कार्यक्रमा लाइफ नेपाल संयोजक, सुरैत ठाकुर क्यास प्लस परियाेजनाका प्रोग्राम मनेजर मनीष कुमार ठाकुर लगायतको उपस्थितिमा सम्पन्न भएकोहो।
तपाईको प्रतिक्रिया !