Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

बाल शिक्षक र विद्यालय कर्मचारी आन्दोलनमा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 18, 2021
बाल शिक्षक र विद्यालय कर्मचारी आन्दोलनमा
75
SHARES
188
VIEWS
Share on FacebookShare on Twitter


जनकपुरधाम उपमहानगरपालिका अन्तरगतका सामुदायिक विद्यालयहरुमा कार्यरत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले तोकिएको पारिश्रमिक उपलब्ध गराउन माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका छन् ।
संघीय सरकारले निर्धारण गरेको तलब उपमहानगरपालिकाले उपलब्ध गराउन तयार नभएपछि बाल विकास शिक्षक तथा विद्यालयका कर्मचारीहरुले शनिबार बैठक बसेर आन्दोलन गर्ने निर्णय गरेका हुन् । सरकारले गत आर्थिक वर्षसम्म बाल विकास शिक्षक र विद्यालयका कर्मचारीहरुलाई अत्यन्तै न्यून तलब दिँदै आएकोमा चालु आवदेखि लागु हुनेगरी कम्तीमा साढे १५ हजार रुपैयाँ उपलब्ध गराउन बजेट मार्फत घोषणा गरेको थियो ।
संघीय सरकारले गत जेठ महिनामा ल्याएको बजेट मार्फत गत साउन महिनादेखि लागु हुनेगरी बाल विकास शिक्षक र विद्यालय कर्मचारीहरुको तलब वृद्धि गर्ने घोषणा गरेको थियो । सरकारको उक्त निर्णय अनुसार धनुषाकै गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, लक्ष्मीनीयाँ गाउँपालिका लगायत अधिकांस स्थानीय तहहरुले तलब वितरण गसिकेका छन् । प्रदेश मुकाम गरेको जनकपुरधाम उपमहानगरपालिकाले भने तोकिएको तलब उपलब्ध गराउन आनाकानी गरेपछि आन्दोलनमा जाने विकल्प नरहेको बाल विकास शिक्षक संघर्ष समितिकी जिल्ला सहसंयोजक संजु यादवले बताइन् ।
‘संघीय सरकारले बजेटमा गरेको व्यवस्था कार्यान्वयन गर्न पनि नगरपालिका विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउनु नै दूर्भाग्य हो’ उनले भनिन्, ‘कतिपय स्थानीय तहहरुले संघीय सरकारको बजेट आउनु अगावै स्थानीय सरकारकै बजेटबाट शिक्षकको मनोबल बढाउन उचित तलबको व्यवस्था गरिएको थियो । अहिले जिल्लाकै अर्का स्थानीय तहहरुले स्वविबेक प्रयोग गरी कार्यान्वयनमा ल्याइसक्यो । यहाँ आन्दोलन गर्दा पनि नसुन्ने खै के सरकार होला ?’
आफुहरु अन्यायमा पर्दा साथ र सहयोग नगर्ने शिक्षक संघ, संगठनहरुलाई निर्धारित तलब उपलब्ध गराउने वातावरण बनाउन सहयोगका लागि आग्रह गर्दै उनीहरुले उचित सहयोग नपाए अगामी दिनमा ती संघ र संगठनहरुलाई पनि असहयोग गर्ने निर्णय गरेका छन् । त्यस्तै, नगर प्रमुख लालकिशोर साहसँग शनिबार कुरा गर्दा चार दिनको समय मागेको भन्दै उनीहरुले अगामी मंगलबारसम्म समस्याको सम्बोधन नभए बुधबारदेखि पेन डाउन गरी बिहान १० बजेदेखि उपमहानगरपालिकाको मूल गेट अगाडी धर्ना बस्ने निर्णय गरेको संघर्ष समितिका प्रतिनिधि मुकेश प्रतिहस्तले जनाए ।

पछिलो समाचार

भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

अघिल्लो समाचार

बालुवाटारमा बसेको सर्वदलीय बैठकमा एमसीसीबारे छलफल

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

6 hours ago
गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

2 days ago
गण्डकी कोटिहोममा रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

गण्डकी कोटिहोममा रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

2 days ago
गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

3 days ago
आज बाट प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

आज बाट प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits