धनुषाको लक्ष्मीनियाँ गाउँपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत वृहत्त र्याली प्रदर्शन गरिएको छ ।
लक्ष्मीनियाँ गाउँपालिका र लाइफ नेपालको संयुक्त आयोजनामा बालविवाह विरुद्ध वृहत्त र्याली प्रदर्शन गरिएको हो ।
लक्ष्मीनियाँ चोकबाट शुरु भएको वृहत्त रयाली लक्ष्मीनियाँ बजारटोल लगायतको गाउँको परिक्रमा गरेको थियो । पहिले करु शिक्षादान तबकरु कन्यादान , बालविवाह अन्तकरु लगायतको नारा लेखिएको प्लेकार्डसहित बालिकाहरुले समाजलाई सचेत पार्ने प्रयास गरेका थिए । लक्ष्मीनियाँ गाउँपालिकालार्इ बालविवाह मुक्त घोषणा गराउने अभियानमा स्थानीयलाई जोड्नको लागि वृहत्त र्याली प्रदर्शन गरिएको लक्ष्मीनियाँ गाउँपालिका उपाध्यक्ष इन्द्रकला यादव ले बताए । इन्द्रकला यादव, उपाध्यक्ष, लक्ष्मीनियाँ गाउँपालिका लक्ष्मीनियाँ विद्यालयका सयौ बालिकाहरु र्यालीमा सहभागी भएका थिए । सो अवसरमा प्रअद्वय रामविलास यादव र प्रअ लटु साह, लाइफ नेपालका डाँली शर्मा लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !