काठमाडौं- सङ्घीय संसद्को अधिवेशन आज सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै सदनको अधिवेशन आज दिउँसो २ बजे बस्ने गरी यही मङ्सिर १७ गते आह्वान गर्नुभएको थियो । कानुन निर्माण गर्ने अधिवेशनका रुपमा लिइने हिउँदे अधिवेशनमा विभिन्न विचाराधिन विधेयकहरु पेश गरिने संसद सचिवालयले जनाएको छ ।
बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।
यसैगरी रेल्वे अध्यादेश, यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि बैठकमा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षि नेकपा एमालेको लगातार अवरोधका कारण यसअघि बसेका संसद बेठकहरु राम्रोसँग सञ्चालन हुन सकेनन् । यस पटक पनि पार्टीले कारवाही गरेका व्यक्तिहरू बैठकमा बसेसम्म सदन अवरोध गर्ने एमालेले बताउँदै आएको छ ।
तपाईको प्रतिक्रिया !