Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

दीर्घकालमा लाभ हुने कम्पनी छानेर लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 13, 2021
दीर्घकालमा लाभ हुने कम्पनी छानेर लगानी गर्न अर्थमन्त्रीको आग्रह
17
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर- अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

“शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ”, उहाँले भन्नुभयो “ अर्थमन्त्रीले शेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफै जिम्मेवार भएर लगानी गर्नुस् ।”

बीमा समितिको नयाँ भवनको आज ललितपुरमा शिलान्यास गर्दै अर्थमन्त्रीले कम्पनी चिनेर ढुक्कले लगानी गर्न प्रोत्साहित गर्नुभयो । पछिल्लो समय शेयर बजारमा आएको गिरावटको दोष आफूमाथि लगाएको भन्दै उहाँले विभिन्न प्रलोभनमा पारेर सीमित व्यक्तिले लाभ उठाएको र शेयर बजार घट्नुको आरोप आफूलाई लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो,“अर्थमन्त्रीले शेयर बजार घटायो भन्छन्, यथार्थ त्यसो होइन । लगानीकर्ताको लगानी सुरक्षा गर्न सरकार प्रतिवद्ध छ । म प्रतिवद्ध छु ।”

सीमित व्यक्तिको चलखेलमा बजार घटाउने अनि मन्त्रीलाई गाली गर्ने विषय आफैमा नमिल्ने उहाँको भनाइ छ । अर्थमन्त्रीले भन्नुभयो,“धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तो भो ।” “घटाउने मान्छे कहाँ–कहाँ हुन्छन् । कसले घटाउछन्, कसले बढाउछन् त्यही संस्थालाई थाहा होला”, मन्त्री शर्माले भन्नुभयो,“लगानीकर्ताको लगानीको रक्षा तथा संरक्षण गर्ने कुरामा अर्थमन्त्रालय गम्भीर छ । त्यसतर्फ ध्यान पनि दिइएको छ ।”

संस्थागत सुधारका लागि मन्त्रालयले काम गर्दै आएको उल्लेख गर्दै उहाँले त्यसका लागि आफूले बारम्बार प्रतिबद्धता जनाएको र त्यसको नतिजा पनि केही समयमै देखिने बताउनुभयो । अर्थमन्त्रीले लाभग्राहीलाई अनावश्यक दुःख नहोस् भनेर सम्बन्धित संस्थालाई थप जिम्मेवार बनाउन आफू लागिपरेको र लगानीकर्ताको हित बाहेक सरकारको अरु कुनै चाहनासमेत नभएको उल्लेख गर्नुभयो ।

बजारमा भित्री कारोबार गर्नेलाई कारबाहीको दायरमा ल्याउन र बजारको विकेन्द्रिकरण गर्ने प्रयास जारी रहेको भन्दै उहाँले अर्थमन्त्रीलाई दोष दिएर मात्रै समस्याको समाधान नहुने स्पष्ट पार्नुभयो । “अर्थमन्त्रीले बजार बढाउने र घटाउने काम गर्दैन । तपाईलाई भ्रममा पारेर ठग्न सक्छन्, नठगिएरै आफ्नो व्यवसाय गर्नु होला”, अर्थमन्त्रीले भन्नुभयो, “मन्त्रालयले गर्ने भनेको संस्थालाई पारदर्शी बनाउने तथा नीतिनियम र कानून बनाउने हो ।”

उहाँले बीमा क्षेत्रमा देखिएको विकृति रोक्नका लागि समेत मन्त्रालय लागिपरेको बताउनुभयो । उहाँले बीमा गर्नु ठूलो कुरा नभएको तर भुक्तानी पाउनु चाँही ठूलो कुरा भएको बताउनुभयो । बीमा गरेपछि प्रतिबद्धता अनुसार भुक्तानी दिनु महत्वपूर्ण विषय रहेको भन्दै यसमा ध्यान दिन उहाँले बीमा समितिलाई निर्देशन दिनुभयो ।

बीमा समितिको कामकारबाहीलाई चुस्त र सेवाग्राही मैत्री बनाउन कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भवन निर्माण गरेर मात्र नपुग्ने बताउँदै भवन निर्माणसँगै, ऐन र प्रविधिमैत्री जनशक्तिको पनि विकास तथा विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन अब सबै संरचना बलियो बनाउनैपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पूर्वाधार, व्यवसाय, जनताका विविध जोखिम, किसानका जोखिमलगायतको राम्ररी पहिचान गरेर बीमा गरिए समस्या नहुने बताउनुभयो । मन्त्री शर्माले बीमा कम्पनी सहर केन्द्रित र व्यवसाय केन्द्रित मात्र भएको बताउँदै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य सिलवालले समितिको नयाँ बन्न लागेको भवनका बारेमा जानकारी गराउनुभएको थियो ।

पछिलो समाचार

अहिलेको परिस्थितिमा मैले सभापतिमा जित्नुपर्छ : प्रधानमन्त्री

अघिल्लो समाचार

सङ्घीय संसद्को अधिवेशन आज सुरु हुँदै

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits