Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

कांग्रेस महाधिवेशनमा भारतीय नेताको शुभकामना

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 10, 2021
कांग्रेस महाधिवेशनमा भारतीय नेताको शुभकामना

efhkfsf g]tf 8f j4{g sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zgnfO{ z'esfdgf ;Gb]z lbFb} ef/tLo hgtf kf6L{sf g]tf 8f xif{ j4{g . t:jL/ M /Tg >]i7÷/f;;

22
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– भारतीय जनता पार्टीका नेता डा हर्ष वर्धनले भारत स्थिर, समृद्ध र सुदृढ नेपालको पक्षमा रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विचारबारे आफुलाई राम्ररी ज्ञान भएको उल्लेख गर्दै नेता हर्ष वर्धनले भन्नुभयो, “उहाँ एक सुदृढ, मजबुद र स्थीर नेपाल होस्, भारत नेपालको सम्बन्ध दिन प्रतिदिन मजबुद होस्, संस्कृति र सम्पर्क सञ्जाल (सडक, रेल, हवाई तथा उर्जा) सम्बन्ध सुमधुर होस् भन्ने चाहनुहुन्छ ।”

समारोहमा उहाँले नेपाल र भारतको सम्बन्ध अझै सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भारत जुनसुकै सम्पर्क सञ्जालबाट जोड्न र आपसी सम्बन्धलाई अझै मजवुद बनाउन चाहेको उल्लेख गर्नुभयो ।

उहाँले भारतमा समेत यती धेरै पूर्वप्रधानमन्त्री एकसाथ एउटै मञ्चमा बसेको नदेखेको र यस्तो संस्कार अन्य देशमा विरलै पाउन सकिने बताउनुभयो ।

राजनीतिक जीवनमा यस प्रकारको कार्यक्रम दुनियाँमा सायदै देखिएको भन्दै यहाँको यो राजनीति संस्कार प्रेरणादायी रहेको विचार राख्नुभयो ।

विसं २०७२ को भूकम्पका बेला नेपाललाई जत्तिकै भारतलाई पनि दुखेको स्मरण गर्दै नेता वर्धनले नेपालीलाई कुनै पनि समस्या पर्दा भारतीय नगरिकलाई दुख्ने बताउनुभयो ।

उहाँले भारत र नेपालको सम्बन्ध दिन प्रतिदिन सुमधुर बन्दै गएको र रेल, सडक वा हवाई सञ्जाल होस् या विद्युत तथा उर्जाको विषयमा समेत बलियो सम्पर्क र सहयोग रहँदै आएको पनि बताउनुभयो ।

नेता वर्धनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष जेपी नड्डाको तर्फबाट पनि शुभकामना दिनुभएको थियो । उहाँ चितवनमा हालै सम्पन्न नेकपा (एमाले) को महाधिवेशनमा समेत सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी समारोहमा भारतीय राष्ट्रिय कांग्रेसका महासचिव मुकुल वासनिकले आफू ३४ साल पहिला सन् १९४७ मा संयुक्त राष्ट्रसङ्घको महाधिवेशनमा बोल्ने समयमा गौरवान्वित भएको र सोही अनुसार नै अहिलेको यो महाधिवेशनमा बोलेर गौरवको अनुभूति भएको उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्रको महत्वपूर्ण कडी कांग्रेस रहेकाले पनि त्यो गौरव महसुस गराएको बताउनुभयो ।

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले भारत र नेपाल सम्बन्ध हरेक दृष्टिकोणले अन्य मुलुककसँगको सम्बन्धभन्दा फरक र नमूनायोग्य रहेको बताउनुभयो ।

उहाँले दुई देशबीच समस्या हुनसक्ने र त्यसलाई आपसमा भाइचारा र मित्रताको आधारमा पूर्ण भरोसाका साथ समाधान गर्न सकिने पनि बताउनुभयो । आपसी सम्बन्ध प्रगाढ बनाउन आफ्नो पार्टी हरेक भूमिका निर्वाह गर्न तयार रहेको पनि स्पष्ट गर्नुभयो । उहाँले भारतले नेपाललाई हरेक दृष्टिकोणबाट उच्च प्राथमिकता दिएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले स्थिर र शान्तिपूर्ण नेपाल नै भारतको प्राथमिकता रहेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष सोनिया गान्धी यहाँ आउन चाहे पनि नयाँ दिल्लीमा लोकसभाको अधिवेशन शुरु भएकाले उपस्थित हुन नसकेको जानकारी गराउँदै उहाँका तर्फबाट पनि महाधिवेशनको सफलताको शुभकामना दिनुभयो ।

पछिलो समाचार

नेपाली कांग्रेसको १४औं महाधिवेशन ।। Nepali Congress || LIVE

अघिल्लो समाचार

मैले जितेँ भने स्थानीय तहदेखि राष्ट्रिय सरकार कांग्रेसको बनाउँछुः प्रधानमन्त्री

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits