रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत सोमवार तिलकोत्सव सम्पन्न भएको छ ।
तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरका महन्थले भार(कोसेली) लिएर राम मन्दिरमा गई त्यहाँका महन्थसँग सम्बन्धी मिलान गरि जन्ती लिएर आउने निम्तो गर्ने परम्परा रहेको छ । सोमवार जानकी मन्दिरका छोटा महन्थ रोशन दास भार सहित लावालस्कर सहित राम मन्दिर पुगेका थिए । त्यहाँ सीतको बुवाको राजा जनकको रुपमा छोटा महन्थ रोशन दार र अयोध्याबाट रामको बुबाको रुपमा राम मन्दिरका महन्थ राम गिरी एकअर्कोलाई अंकमाल गरि सम्धी मिलान समेत गरेका छन् । तिलकोत्सवमा महिला कलाकारहरुले गारउने मिथिला लोक गीत संगित गराईन तिलकोत्सवलाई झन आकर्षक बनाईरहेका थिए ।
कार्यक्रममा प्रदेश २ का उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले मिथिला काला सास्कृतिकले नेपाल र भारतको सम्बन्धलाई थप परागाढ बनाएको बताए । जनकपुरधाम धर्मसास्कृतिमा अबल र सवल भएपनि यसको प्रचारप्रसार हुन नसेको मन्त्री महतोले बताए । त्यसैगरि, कार्यक्रममा जनकपुरधाम उपमहनगरपालिका मेयर लालकिशोर साहले जनकपुरधाम धार्मिक तथा पर्यटकिय शहर तथा विश्वभरिका हिन्दुहरुको आस्थाको केन्द्र रहेपनि राज्यको उदासिनताको कारण विकास निर्माणमा पछि परेको बताए । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, साधुसन्तसहितको सहभागिता रहेको थियो ।
विवाहपञ्चमीको पाँचौ दिन भोलि मंगलबार जानकीको मटकोर,बुधवार विवाहपञ्चमीको स्वय्वर र राती विवाह र विहिवार रामकलेवा हुदै विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुने छ ।
तपाईको प्रतिक्रिया !