शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले शिक्षा क्षेत्रको सुधार गर्न सबैको सहयोग आवश्यक रहेको बताएकी छन् ।
सबै बालबालिका पूर्ण समय औपचारिक दिवा स्कूलमा हुनुपर्छ भन्ने नाराका साथ अन्तराष्ट्रिय स्वयम्सेवक दिवसको अवसरमा आइतबार जनकपुरमा स्वयम्सेवकहरुको पहिचान, प्रोत्साहन र प्रवद्र्धनका लागि आयोजित युवा सम्मेलन–२०७८ लाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले यस्तो बताइन् । शिक्षा क्षेत्रको विकास गर्न आपूm हरसम्भव सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता जनाइन् ।
नर्वेजियन एम्बेसीको सहयोगमा आसमान नेपालले आयोजना गरेको सम्मेलनमा जसपा प्रदेश २ का संसदीय दलका उपनेता रामअशिष यादवले शिक्षामा सुधार नभएसम्म प्रदेश र देशको समृति सम्भव नरहेको बताए । यसको लागि मांसिकतामा परिवर्तन ल्याउनुपर्छ, उनले भने–सामुदायिक भन्दा निजी विद्यालयको पठनपाठन राम्रो हुन्छ भन्ने धारणा परिवर्तन गर्नुपर्छ ।
सामुदायिक विद्यालयमा योग्य शिक्षकहरुले गुणस्तरीय पठनपाठन गराउँदै आएकोले दावी गरे । सम्मान गर्ने परम्पराको विकास नहुँदा शिक्षकको मनोबल घटेको उनले जिकिर गरे । शिक्षा क्षेत्रमा पनि पश्चिमी संस्कार हावी भएको दावी गर्दै उनले आप्mनो संस्कार र परम्परालाई अगिंकार गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
तपाईको प्रतिक्रिया !