जनकपुरधाम – मानवको गर्भदेखि नै स्वस्थ्य सेवा खटिने महिला स्वय्सेविकासँग तीनै तहको सरकारले विभेद गर्दै आएको कार्यक्रम कार्यक्रमा वाक्ताहरुले बताएका छन् ।
१८ औ राष्ट्रिय महिला सामुदायिक स्वय्सेविका दिवस तथा राष्ट्रि महिला सामुदायिक स्वय्सेविका महोत्तरीको प्रथम अधिवेशनमा आईतवार महोत्तरीको रामगोपालपुर नगरपालिका –९ आयोजित कार्यक्रमा सहभागि वक्ताहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व स्वास्थ्य राज्यमन्त्री तथा महोत्तरी क्षेत्र नं.४ का सासद डा. सुरेन्द्र कुमार यादवले महिला स्वय्मसेविकाहरुले खटेको अनुसारको सेवासुविधामा तीनै तहका सरकारले विभेद गर्ने गरेको बताए । स्थानीय तहका प्रतिनिधीहरुले सेवा सुविधाको नाममा आफुले मासिक रुपमा पालिकासँग लाखा रुपैयाँ सम्म लिने गरेको भएपनि महिला स्वय्मसेविकाहरुलाई अझै पाँच सय र हजार सम्म भत्ता दिने गरेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश सिंहले हाम्रो स्वास्थ्य सेवालाई बलियो बनाउन महिला स्वय्मसेविकाको भुमिका महत्वपुर्ण रहेपनि उनीहरुलाई राज्यले अझै पनि सम्मान गर्न नसकेको बताए । महिला स्वय्मसेविकालाई तलब नदिएपनि उनीहरुको मेहन्त अनुसारको प्रोत्साहन भत्ता वा सुविधान दिएर तीनै तहको सरकारले आत्मबललाई मजगुत बनाउनुपर्ने बताए ।
कार्यक्रममा औरही नगरपालिका मेयर सुनिल कुमार यादवले महिला स्वय्मसेविकाहरु संघिय सरकारको गलत नितिको कारण विभेद र आर्थिक रुपमा शोषणमा परेको बताए । हाम्रो स्वास्थयमा अहोरात खटने महिला स्वय्मसेविकाको लागि संघिय सरकारले आवश्यक वजेट विनियोजन नगर्ने र पालिकाहरुलाई आन्तरिक श्रोतबाट मात्रै सेवा सुविधान दिन सक्ने प्रवधानले उनीहरु विभेदमा परेको मेयर यादवले बताए ।
लोहरपट्टी नगरपालिका महिला स्वय्मसेविका काजल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनराशिसवाका नगरपालिका मेयर संजय सिंह, औरही नगरपालिका स्वस्थ्य संयोजक रविन्द्र यादव, औरही नगरपालिका कार्यपालिका संदस्य सुरेन्द्र साहसहितका वक्ताहरुले मन्तव राखेका थिए ।
तपाईको प्रतिक्रिया !