काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले थोरै दल हुनु पनि मुलुकका हितकर हुने बताउनुभएको छ ।
काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले थोरै दल हुनु पनि मुलुकका लागि हितकर रहेको बताउनुभयो । उहाँले राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । तीन दलमा विभाजित राप्रपा एक भएर एकता महाधिवेशन गरेकोमा धन्यवाद दिनुभएका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले राप्रपाको महाधिवेशनलाई फलताको कामना पनि गर्नुभयो ।
महाधिवेशन उदघाटन कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललगायतले शुभकामना दिनुभयो ।
तपाईको प्रतिक्रिया !