जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिकामा गर्भवती, सुत्केरी महिला र बालबालिकाहरुलाई आपत्तकालीन पोषण सामग्री वितरण गरिएको छ ।
युके एड तथा डब्लुएफपीको आर्थिक सहयोगमा लाइफ नेपाल जनकपुरले मंगलबार नगरपालिकाको विभिन्न वडाहरुका गर्भवती, सुत्केरी महिला र बालबालिकाहरुलाई आपत्तकालीन पोषण सामग्री वितरण गरेको हो ।

लाइफ नेपालले आयोजना गरेको वितरण कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र प्रादेशिक स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झा लगायतले सो सामग्री वितरण गरेका छन् ।
तपाईको प्रतिक्रिया !