भौतिक पुर्वाधार तथा यतायात मन्त्री रेनु यादवले यो वर्षभित्रै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने दावी गरेकी छन् ।
मंगलबार रेल्वे निरीक्षणको क्रममा जनकपुरधाम स्टेशनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री यादवले ंरेल संचालनको लागि दुवै देशका (नेपाल र भारत )सरकार गम्भिर रहेकोले यो वर्षभित्रै जसरीपनि चल्ने बताईन् । रेल्व संचालन सम्बन्धी कानुन अन्तिम अवस्थामा रहेको तथा संचालनको लागि चाहिने आवश्यक वजेटको व्यस्थापन भईसकेकोले अव रेल चलाउन खासै समस्या नहुने मन्त्री यादवले बताईन । कानुन, बजेट र प्राविधिक त्रुटीको अभावमा रेल सञ्चालनमा ढिलाई हुन गएको उनले बताईन ।
विगतमा रेल संचालनको लागि पटकपटक समय तोकिएको थियो उनले भनिन्, तर सबै फेल हुदै गयो । त्यसकारण म तपाईहरुसँग झुठो आवश्वास दिन चाहनन् यो वर्षभित्र नै रेल संचालन हुन्छ म गायरेन्टी दिन्छु,मलाई लाग्छ यो वर्षपनि लाग्दैन, अवको एक दुई दिनमित्रै संचालन हुन सक्छ ।’
‘रेल सञ्चालन सम्बन्धि कार्यविधि बनिसकेको छ । भारतिय केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता अन्तर्गतको पहिलो किस्ता दिइसकेको छ,’ उनले भनिन्, कर्मचारी, बजेट र भाडाँ दर तोक्न बाँकी छ । छिट्टै प्रकृया अगाडी बढ्ने छ ।
तपाईको प्रतिक्रिया !