जनकपुरधाम- कोभिड–१९ विरुद्धको खोप अभियान सफल पार्न बिहीबार सरोकारबालाहरुसित समन्वय बैठक सम्पन्न भएको छ । सेभ द चिल्डे«नको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले जनकपुरमा आयोजना गरेको समन्वय बैठकमा सरोकारबालाहरुले कोभिड–१९ विरुद्धको खोपलाई अभियानको रुपमा अघि बढाउने कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
जोखिम संचार र सामुदायिक सहभागिता योजना तर्जुमा गर्ने उद्येश्यले बसेको बैठकमा सरोकारबालाहरुले कोभिड–१९ विरुद्धको खोप अभियानबारे ग्रामीण क्षेत्रमा एकप्रकारको भ्रम रहेको जिकिर गरेका थिए ।
कोभिड–१९ विरुद्धको खोपले समाजमा पैmलिएको भ्रम चिर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको उनीहरुले बताएका थिए ।
यसअघि धनुषा, महोत्तरी र सप्तरी जिल्लाका बाल क्लव तथा युवा क्लवका पदाधिकारी र प्रतिनिधिहरु सम्मिलित दुई दिने कार्यशाला गोष्ठी समेत गरिएको थियो ।
यी जिल्लाहरुमा कोभिड–१९ को जोखिम कम गर्न बाल क्लव र युवा क्लवहरुलाई समेत सामुदायिक स्तरमा सहभागिता गराउने प्रतिबद्धता जनाइएको थियो । कोभिड–१९ सम्बन्धी भ्रम न्युनिकरण, खोपको प्रयोगमा वृद्धि र खोप अभियानलाई अघि बढाउने सहयोग पुग्ने लक्ष्य रहेको आसमान नेपालका परियोजना संयोजक उमेश यादवले जनाए ।
तपाईको प्रतिक्रिया !