चुरे संरक्षणसंगै प्रदेशको राजधानी र नाम र भ्रष्टाचार नियन्त्रण आफनो पहिलो प्राथमिकता रहने प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि शत्रुधन महतोले प्रतिवद्र्धता जाहेर गर्नुभएको छ ।
मंसिर ५ गते प्रदेश २ सरकारका मुख्यमन्त्रि लालवावु राउतको सिफारिशमा प्रदेश २ प्रमुख हरिशंकर मिश्रले सपथ गराउँदै नियुक्त गर्नुभएको नेकपा एकिकृत समाजवादी पार्टी प्रदेश २ संसदीय दलका नेता महतो चुरे क्षेत्रमा हुदै गरेको वन विनाशलाई रोक्दै बढी भन्दा बढी वृक्षारोपण गरि हरियाली प्रदेश बनाउन आफनो भुमिका रहने बताउनुभयो ।
मन्त्रिमा नियुक्त भएलगतै संचारकर्मीहरुसंगको संक्षिप्त कुराकानीमा मन्त्रि महतोले चुरे क्षेत्रको संरक्षण गर्नु हामी सवैको दायित्व भएको बताउनुभयो । उहाँले प्रदेश २ सकारको स्थायी राजधानी, प्रदेशको नामाकरण गराउनु समेत आफनो र पार्टीको मुख्य प्राथमिकतामै रहने बताउनुभयो । प्रदेश २ सरकार भ्रष्टाचारको नाममा निकै बदनाम रहेकाले भ्रष्टाचारको नाममा शुन्यशहनशिलताको लागि पहल गर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण गरि अवस्थित कामहरुलाई व्यवस्थित गर्ने बताउनुभयो ।
एकिकृत समाजवादी पार्टी प्रदेश २ का संसदिय दलका नेता शत्रुधन महतो उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा नियुक्त हुनु भएको छ ।
न्याय, कानुन तथा प्रदेशसभा मामिला मन्त्रिमा प्रमोद यादव नियुक्त हुनु भएको छ । नव नियुक्त मन्त्रिद्धयलाई प्रदेश २ सरकारले मधेश भवनमा प्रदेश २ सरकारका प्रमुख हरिशंकर मिश्रले सपथ ग्रहण गराउनुभयो ।
तपाईको प्रतिक्रिया !