Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

जानकी आँखा अस्पतालले सरल सुलभ तथा सहज ढंगले सेवा मात्र प्रदान गर्दैनन अत्ति विपन्न विरामीलाई औषधि चस्मा सहित निःशुल्क उपचार

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
November 7, 2021
जानकी आँखा अस्पतालले सरल सुलभ तथा सहज ढंगले सेवा मात्र प्रदान गर्दैनन अत्ति विपन्न विरामीलाई औषधि चस्मा सहित निःशुल्क उपचार
17
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

मोतियाविन्दु, जलविन्दु जस्ता आँखाको रोगी भई वर्षौसम्म दृष्टिविहीन सरह बनेका लाखौं रोगीहरुको लागि जानकी आँखा अस्पताल वरदान नै साबित भएको हो । तथ्याड्ढ अनुसार गत वर्ष ८४ हजार ८६२ बिरामीको आँखा परीक्षण भएकामध्ये ७ हजार २५५ जना बिरामीले शल्यक्रिया गराएका थिए । कोरोना संक्रमणका कारण सामुदायिक स्तरमा संचालन गरिएको शिविर प्रभावित भएपनि अस्पतालमा बिरामी आउने संख्यामा खासै असर पारेको देखिएको छ्रैन । ग्रामीण क्षेत्रका सर्वसाधारणको सहज पहुँचका लागि अस्पतालले सवार ीसाधनसहित निःशुल्क उपचार सेवा समेत उपलब्ध गराएकोछ । मोतियाविन्दुले आँखाको ज्योती नै गुमाएकाहरुले उपचार पछि संसारलाई पुनः देख्न पाएका छन्, जोकी वरदान भन्दा कम छैन् । ’

अस्पतालले सहज ढंगले सेवा प्रवाह गर्दै आएकोले विरामीहरुकै विश्वासको कारण अस्पतालमा दिनानुदिन उपचार गराउन आउने रोगीहरुको संख्या बृद्धि हुँदै गएको अस्पतालका निर्देशक डा.आशिष बोहोराले बताए । डा.बोहोराले भने–‘ कुनै पनि संस्था अगाडि बढ्ने क्रममा कमीकमजोरीहरु हुन्छन तर त्यसलाई सुधार गर्दै जानु पर्छ भन्ने हाम्रो मान्यता हो र सोही मान्यता अनुसार अस्पतालको सेवालाई झनै सुधारोन्मुख बनाउँदै लानु पर्छ ।’ सेवाग्राहीलाई सर्वसुलभरुपमा छिटो–छरितो सेवा कसरी दिन सकिन्छ भन्नेमा हामी केन्द्रित रहेको बताउँदै उनले पछिल्लो समयमा परिवर्तन भएको सञ्चालक समिति संग समेत अस्पतालको सेवा सुविधालाई अझै प्रभावकारी र सुविधा सम्पन्न बनाउन अल्पकालीन तथा दीर्घकालीन योजनाको लागि विचार विमर्श जारी रहेको समेत जानकारी दिए । सञ्चालक समितिको परिवर्तनसंगै हामीले महिला पुरुषको फरक–फरक लाईन व्यवस्थापन, उपलब्ध जनशक्तिको समूचित व्यवस्थापनमा समेत हेरफेर गरेर अस्पतालबाट प्रदान गरिने सेवालाई अझै प्रभावकारी बनाउन तर्फ केही अल्पकालीन कार्यहरु गर्दै विरामीहरुको चाप बढेपनि सेवामा भने कुनै कमी हुन नदिन अस्पताल व्यवस्थापन सक्रियताका साथ काम गर्दै आएको उनले उल्लेख गरे । जाडो याम लाग्दै जाँदा आँखाको शल्यक्रिया गराउने रोगीहरु बढ्ने सम्भावना रहेको बताउँदै उनले भने–‘ जनशक्ति व्यवस्थापनको लागि समेत समितिसंग छलफल जारी रहेको र छिट्टै निर्णय गरि कार्यान्वयन गरिने छ ।’

मोतियाविन्दुको रोगीहरुलाई जुन प्रकारले अस्पतालले सेवा दिँदै आएका छ, त्यसरी नै आँखाको फुल्ली हुने लगायतका रोगको उपचार उपकरणको अभावमा हुन नसक्दा केही विरामीहरु यहाँबाट रेफर गर्नु पर्ने बाध्यता छ त्यो अवस्था आउन नदिन भौत्तिक तथा प्राविधिक रुपमा अस्पतालमा केही सुधारको आवश्यकता छ । सोको लागि समितिको सहकार्यमा दाता , प्रदेश सरकारसंगको समन्वयमा अस्पतालमा आवश्यक उपकरणको लागि व्यवस्थापन गर्नेु पर्ने आवश्यकता हामीले महशुस गरेको डा.बोहोराले बताए । उनले जनकपुरधाम आँखा अस्पताल आउने सम्पुर्ण विरामीहरुलाई कसरी सेवा दिन सक्छौं भन्ने तर्फ सरोकारवाला खासगरी जनकपुरधामको गौरवकै रुपमा अगाडि बढ्दै गएको जानकी आँखा अस्पतालको लागि प्रदेश सरकारले विशेष रुपमा ध्यान दिनु पर्ने बताए । सेवा विस्तारको आवश्यक्ता महशुस गरेर हामीले दीर्घकालीन योजनाहरु सेवा विस्तारमै केन्द्रित रहेर अगाडि बढेको प्रतिबद्धता समेत डा.बोहोराले व्यक्त गरेका छन । वर्तमान अस्पतालको भौत्तिक संचरना उपयुक्त रहेपनि भविष्यमा सेवा विस्तार भए अनुसार भौत्तिक संरचना विकास गर्ने अस्पतालको लक्ष्य रहेको जानकारी गराए । गर्मी याममा आँखा चिलाउने , आँखा पाक्ने रोगीहरुको भीड बढि हुन्छ भने जाडो याममा मोतीया विन्दु जलविन्दु जस्ता रोगीहरुको चाप बढ्ने गरेको उनले बताए । यस अस्पताल अन्र्तगत धनुषा , महोत्तरी ,सर्लाही र सिन्धुली गरी ६ वटा शाखा अस्पतालबाट समेत सेवा प्रदान गर्दै आएको जानकारी दिँदै उनले भने, ‘ पछिल्लो महिनामै दाताहरुको सहयोगमा हामीले यी चारवटै जिल्लाका छनौट भएका आँखारोगीहरु मध्ये निःशुल्क शिविर मार्फत ३ सय भन्दा बढि विरामीको निःशुल्क शैल्यक्रिया गरेका छौं र सयौं रोगीहरुको शैल्यक्रिया गर्ने तरखरमा छौं । ’ धनुषामा यदूकुहा र सबैला , महोत्तरीको धबौली तथा गौशाला ,सर्लाहीको लालबन्दी तथा सिन्धुलीमा एक गरि जानकी आँखा अस्पतालले ६ वटा शाखा मार्फत आकस्मिक तथा ओपीडी सेवाहरु प्रदान गर्दै आएको छ ।

अस्पतालमा सबभन्दा बढि आँखा पाक्ने , एलर्जी , चोटपटक तथा मोतीया विन्दुको विरामीहरु अध्याधिक आउने गरेको डा.चिकित्सक अमित कुमार यादवले बताए । आँखामा फुला परेको (आँखाको अल्सर )का रोगीहरु पनि थुप्रै आउने गरेको र उपचार गरि सन्तुष्ट भई जाने गरेको बताउँदै डा.यादवले भने ,‘ फुल्ली (.अल्सर)को जाँच गर्ने उपकरणको अभावमा केही विरामी रेफर गर्न बाध्य भएपनि रेफर गर्ने दर न्युन छ । ’ भारतको बिहार पुपरीबाट आँखाको शैल्यक्रिया गराउन अस्पताल पुगेका ४५ वर्षिया विमला देवी भन्छिन ,‘ मोतीयाविन्दुले गर्दा मैले ६ वर्ष सम्म अन्धो नै बनेको थिएँ तर अपरेशन पछि मैंले देख्न पाएको छुँ , एकदमै राम्रो छ सेवा र सस्तो पनि । ’ भारतको कोलकातामा जागीर गर्दै आएका महोत्तरीको गोरिगामा निवासी विन्देश्वर झाले भने ,‘ यहि मोतीयाविन्दुको शैल्यक्रियाको लागि कुरा गर्दा कोलकातामा ५० हजार सम्म खर्च लाग्ने भनेको थियो तर यहाँ त १० हजार नेपाली रुपियामै मेरो उपचार भएको छ मैंले आँखा देख्न पाएको छुँ ।’ आँखाको उपचारको लागि जनकपुरधाम नै सबभन्दा राम्रो ठाउँ रहेको ५५ वर्षीय पंडीत झाको धारणा छ ।

भारत बिहारको हरिहरपुर पिपराढी निवासी ३७ वर्षीया सोनी मुखियाले अस्पतालको उपचारलाई सस्तो रहेको बताउँदै भन्छिन ,‘ मेरो फुपुले यहिँबाट अपरेशन गराउनु भयो एक दुई जना होइन हाम्रो तिरको धेरै मान्छे जनकपुरधामबाटै आँखाको उपचार गराएर गएका छन त्यसैले म पनि यहिँ आएको छुँ र मैले सुनेको जस्तै सेवा पाएको छुँ । ’ भारत बिहारकै आँखाको पर्दा बिग्रेका ५५ वर्षीय विरामी रेखा देवीले अस्पतालको सेवालाई सस्तोमा उत्कृष्ट रहेको बताएकी छिन । विगत एक वर्षको अनुभव सुनाउँदै उनले भनिन ,‘ मेरो आँखाको पर्दा बिग्रेपछि एक वर्ष पुर्व म यहाँ आएको थिएँ र पर्दा खराब भएकोले मलाई बाहिर रेफर गरियो मैले लहानमा अपरेशन गराएँ , छ महिनामा दुईटा अपरेशन गराउनु पर्ने हुन्छ तर मैले लकडाउनको कारण अर्को अपरेशन १० महिना पछि गराएँ , अपरेशन पछिको जाँचको लागि समेत म लहान पुगेकी थिएँ त्यस पछि यहिँको अमित यादब हुनुहुन्छ उहाँसंगै मेरो उपचार भईरहेको छ र म सन्तुष्ट छुँ ।

’जानकी आँखा अस्पतालले सरल सुलभ तथा सहज ढंगले सेवा मात्र प्रदान गर्दैनन अत्ति विपन्न विरामीलाई औषधि चस्मा सहित निःशुल्क उपचार समेत गरिने गरिएको छ । दाताहरुको सहकार्यमा समय–समयमा निःशुल्क शिविर मार्फत र सिफारिश भई आएका अति विपन्न विरामीको ओपीडी उपचार समेत निःशुल्क गर्ने गरिएको जानकारी निर्देशक डा.बोहोराले दिएका छन ।

पछिलो समाचार

दाइजो कुरिती मात्रै होइन, सामाजिक अपराध हो : मुख्यमन्त्री राउत

अघिल्लो समाचार

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

19 hours ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

3 days ago
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits