स्लामिक स्टेटमा आवद्ध लडाकुहरुले अफगानिस्तानको राजधानी काबुलको एक अस्पतालको गेटमा विष्फोट गराउँदा २० जनाको मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएका छन् ।
अस्पतालका कर्मचारी र विरामीलाई लक्षित गरी दुई वटा शक्तिशाली बम विष्फोट गराइएको तालिवान प्रवक्ता जबिवुल्लाह मुजाहिदले जानकारी दिएका छन् ।
तालिवानले सत्ता कब्जा गरेपछिको यो सबैभन्दा लज्जास्पद घटना भएको बताइएको छ । घटनामा पाँच जना आक्रमणकारी पनि मारिएका छन् ।
तालिवान गार्डहरुले आक्रमणकारीलाई अस्पतालमा प्रवेश गर्नबाट रोकेकाले अस्पतालभित्र हताहतीको घटना नभएको बताइएको छ । आइएसले ४ सय शैयाको सो अस्पतालका मेडिकल कर्मचारी र विरामीलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !