जनकपुरधाम – वर्षेणी डुबानको चपेटामा पर्ने पुर्वि धनुषाको शहिद नगर नगरपालिकामा हेली प्याडको शिलान्यास गरिएको छ । युनिसेफको सहयोग तथा लाईफ नेपाल समन्वयमा निर्माण हुन लागेको उक्त हेली प्याडको मंगवार एक कार्यक्रम बीच शहिद नगर नगरपालिकाका मेयर उदर बरबरीयाले शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बरबरीयाले वर्षेणी वर्षायाममा डुबानमा पर्ने यस क्षेत्रको लागि हेलि प्याड अति नै आवश्यक रहेको बताए ।
हेली प्याड शहिद नगर नगरपालिकामा निर्माण भएपनि यसको लाभ कमला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, जनक नन्दनि गाउँपालिका लगायतका जनताले लिने सक्ने भन्दै मेयर बरबरीयले बताए । उनले भने,‘वर्षायामा कमला क्षेत्रमा पर्ने सबै स्थानीय तहहरु डुबानमा पर्ने गर्छन् । यातायात पुर्ण रुपमा बन्द हुने गर्छ । त्यस्तो अवस्थामा यस क्षेत्रका जनतालाई उद्धार गर्न तथा राहत पुरयाउन झन कठिन हुन्छ । त्यसैले हेली प्याड भएको खण्डमा तत्काल उनीहरुलाई उद्धार र राहत पुरयाउन सकिन्छ । अर्को गर्भवति महिलाहरु, गम्भिर प्राकृतिका विरामीलाई पनि तत्काल उद्धार गर्ने उदेश्यले हेली प्याडको निर्माण गरिएको छ ।’
विगतका वर्षहरुमा पनि डुबानको वेला लाईफ नेपाल नामक संस्थाले उद्धारको लागि रबर वोट,राहत समाग्री, पीडितहरुको लागि शौचाल निर्माण गरेको उनले बताए । युनिसेफ, लाईफ नेपाल र शहिद नगर नगपालिकाको सहयोगमा साढे ४ लाखको लागतमा हेली प्याडको निर्माण हुन लागेको मेयर बरबरीयाले बताए । हेली प्याड निर्माण भएपछि यस क्षेत्रका जनता लाखौ जनता लभान्वित हुने मेयर बरबरीयले विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !