धनुषा- प्रदेश २ का गर्भवती, सुत्केरी महिला र बालबालिकाहरुलाई आपत्तकालीन पोषण खाद्यान्न वितरण गरिएको छ । युके एड तथा डब्लुएफपीको आर्थिक सहयोगमा लाइफ नेपालले धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुरमा शुक्रबार एक कार्यक्रमका बीच गर्भवती, सुत्केरी महिला र बालबालिकाहरुलाई आपत्तकालीन पोषण खाद्यान्न सामग्री वितरण गरिएको छ । वडा नं. ५ का वडाध्यक्षको रोहवरमा गरिएको वितरण कार्यक्रममा लाइफ नेपालका मनिशठाकुर, हेली राई, , डब्लुएफपीकी पार्वती केसी लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !