पोखरा– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समय अगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले समय अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र सङ्घीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले अर्ली इलेक्सनका सम्बन्धमा सत्ता साझेदार दलहरुबीच छलफल नभएको पनि बताउनुभयो ।
तपाईको प्रतिक्रिया !