जनकपुरधाम– वैश्य समुदायबाट प्रतिनिधित्व गर्ने पुर्व मन्त्री तथा सांसदहरुले सुडी, तेली, कलवार, रौनियार भनेर विभाजीत हुँदा वैश्य समुदाय अगाडी बढन नसकेको बताएका छन् । नेपाल वैश्य युवा संघ प्रदेश २ को आयोजनामा जनकपुरधाममा आयोजित जनगणना २०७८ मा वैश्य समुदायको अवस्था विषयक विचार गोष्ठी र शुभकामना आदान प्रदान कार्यक्रममा भब्य उपस्थितीका बिच कार्यक्रमका प्रमुख अतिथि पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री रघुविर महासेठले भारतमा प्रधानमन्त्री, गृहमन्त्री सवै वैश्य समुदायकै रहेकोबाट पाठ सिकेर एक ढिक्का हुन आग्रह गरेका छन् ।सांसद प्रमोद साहले वैश्य समुदाय लगानी र दान मात्र गरेर अव नहुने भन्दै अधिकार प्राप्तीका लागि निडर भएर अगाडि बढनु पर्ने र अधिकार खोसेर लिनुपर्ने बताए ।
प्रदेश सांसद दिलिप साह र परमेश्वर साहले पनि विभिन्न जातीमा विभाजती नभई अग्रपंक्तीमा रहने वैश्यका जुनसुकै प्रत्यासीलाई जहाँ पनि निर्धक्क भएर सहयोग गरे मात्र सम्मानजनक उपस्थिती हुने बताए ।अन्य वक्ताहरु वैश्य समुदायममा जातजाती बिच आ आफनैमा खुट्टा तानातान हुने गरेकाले पछाडि परिरहेको बताए । नेपाल वैश्य युवा संघका राष्ट्रिय अध्यक्ष दिलिपचन साहुले नाम र थरले मात्र वैश्यको अगुवा नहुने भन्दै वैश्यका लागि अगाडि रहेर काम गर्नेलाई मात्र वैश्य भन्नु पर्ने बताए । वैश्य भित्रको ३६ जातजातीका कुल ४५ लाख जनसंख्याले अगामि जनगणनामा नाम, थर र जात पछि अनिवार्य रुपमा वैश्य लेख्नुपर्ने बताउदै उनले बैश्य कलष्टर निर्माण वैश्य आयोग गठनमा सहयोग गर्न सवै दलका नेतासंग आग्रह गरेका छन् ।नेपालमा चार वर्णहरु बाहुन, क्षेत्री, वैश्य र सुद्र छ ।
पहाडमा थर जे भएपनी बाहुन र क्षेत्रीलाई जाती बनाइएकाले जनगणनामा जनसंख्या र उपस्थिती विशाल देखाएर सुविधा र सत्तामा हालीमुहाली जमाइएको छ । तर अर्को वर्ण वैश्य समुदायमा पर्ने जात जातीहरुलाई ३६ वटा जातमा विभाजन गरि पहिचान मिटाउने काम गरिएकाले वैश्यलाई समेत जातीको कोड दिनुपर्ने मांग कार्यक्रमबाट उठेको छ ।संघका प्रदेश २ अध्यक्ष राजु साहको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक शिवशंकर साह हिरा, भारत विहार एनडिएका नेता राजा चौधरी, राष्ट्रिय जनता दलकी सिमा गुप्ता, पुर्व राज्यमन्त्री अरबिन्द साह, नेताहरु हरिचरण साह, मनोज चौधरी समाजसेवी संजय साह, अमरनाथ गुप्ता सहितकाले आ आफनो धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया !