Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

प्रदेश २को राजधानीमा तीन दिवसीय दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनी हुने

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
October 22, 2021
प्रदेश २को राजधानीमा तीन दिवसीय दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनी हुने
32
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर- महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश २ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजना तथा जनकपुरधाम उपमहानगरपालीकाको सह–आयोजनामा कार्तिक १२ देखि १४ गतेसम्म प्रदेश स्तरीय दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनीको आयोजना हुने नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्यले जानकारी दिए ।

स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको उनले बताए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिंदै उपाध्यक्ष शाक्यले जनकपुरधामको गोपाल धर्मशालामा हुने प्रदर्शनीमा प्रदेशका ८ वटै जिल्लाका महिला उद्यमी तथा बाहिर जिल्लाका सहभागीहरु समेत रहने बताए ।

प्रदर्शनीमा ७० देखि ९० वटा स्टलहरु लगाइने छ भने स्टल लगाउनका लागि शुल्क लाग्ने छैन । प्रदर्शनीमा मिथिला आर्ट, माटाका भाँडा, लाहाका गरगहनाहरु, बाँसबाट बनाइएका कलात्मक सामग्री, प्राकृतिक रेसाका वस्तुहरु, चाँदीका गरगहना, फेल्टजन्य वस्तु, पश्मिना, उनी तथा सुर्तीजन्य वस्तु, हाते कागजजन्य वस्तुहरु राखिने छ ।

यस मेलाको आयोजनामा करिब २० लाख खर्च हुने उपाध्यक्ष सनमले बताए । यस मेलामा २५ हजार आगन्तुकहरु आउने अनुमान गरिएको छ ।

पछिलो समाचार

‘इन्जिनियर राजेश कुशवाहालाई न्याय देऊ’ भन्दै जनकपुरधामका इन्जिनियर्स आन्दोलनमा उत्रे

अघिल्लो समाचार

प्रतिकठ्ठा ४० किलो धान दिने वडाध्यक्ष साहको घोषणा

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits