जनकपुरधाम – बिहीबार मन्त्री विजय यादवले मन्त्रालयमा एक पत्रकार सम्मेलन आयोजना गरी कातिक १ र २ गते भएको अबिरल वर्षाले खेतीबाली, पशुपंक्षी र मत्स्य पालन लगायतमा आएको क्षति विवरण संकलन कार्य थालिएको छ । प्रदेशमा धानबाली, तरकारी बाली, मत्स्य फार्म लगायतमा भएको क्षतिको विवरण संकलन गर्न माहातका निकायलाई पत्राचार गरिसकिएको हो। मन्त्री विजय यादवले क्षति भएको तथ्यांक संकलन नभएसम्म राहत घोषणा गर्न नसकिने भएकोले वर्षा तथा हावाहुरीबाट कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्न आठ वटै जिल्लामा यकिन विवरण स्थानीय तहले नै संकलन गर्न सक्ने भएको हुनाले सहयोग गर्न आग्रह गर्नुभयोको हो । मन्त्री यादवले यस प्रदेशको आठ वटै जिल्लामा करिव ४ लाख ३ हजार हेक्टरमा धान रोपाइ भएकोमा धानबाली भित्राउने समयमा वर्षाले क्षति भएको लेअहिलेसम्म पाएको सूचना अनुसार फाटफुट रुपमा कटानी भएको खेतमा नै डुबेको, हावाको बेगका कारण लामो उचाइ भएका जातहरु ढलेको जानकारी प्राप्त भएको उहाले बताउनुभयो छ ।
तपाईको प्रतिक्रिया !