काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाँडलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।
आइतबार रातिदेखि परेको वर्षाले देशभर धनजनको क्षति भएको छ ।
तपाईको प्रतिक्रिया !