धनुषा- अख्तियारले भन्छ भ्रष्टाचारलाई जिरो टोलेरेन्स Zero tolerance मा ल्याउनु पर्छ । तर भ्रष्टाचारको छानबिन लागिकोलागी महिनौ अनसन बस्दा पनि सरकार र अख्तियार दुरुपयोग आयोग कानमा तेल हालेर बसेको छ ।
धनुषाको सबैला नगरपालिकाको सदरमुकाम सबैलामा नगरपालिकामा भइरहेको भ्रष्टाचार विरुद्व जारी रिले अनसन ३० औं दिन बित्दा समेत सरोकारबाला निकायले कुनै चासो देखाएको छैन् । सोमवार ३० औं दिन पनि अनसन जारी रहेपनि नगरपालिका र मेयर विजय शंकर साहले नसुनेको गुनासो अनसनकारीहरुको छ ।
अनसनकारीहरु ३० औं दिनमा पनि आफुहरु अनसनरत रहेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका सम्बन्धित निकाय मौन भएर बस्नु दुःखद रहेको बताउछन् । उनीहरुले अख्तियार र नगरपालिकाको सेटिङ्ग छ कि ? भन्ने आशंका व्यक्त गरेका छन् ।
भ्रष्टाचार विरुद्व जनजागरण अभियान भन्दै विभिन्न राजनितिक दलका युवाहरु समेतको सहभागितामा रिले अनसन भइरहेको छ । अनसनकारीहरु नगरपालिकामा भएको विभिन्न शिर्षकको शंकाष्पद काममा अनियमितता भएको भन्दै विभिन्न सुचना मांग गरेको र पटक पटकको तागेदा पछि पनि नपाएपछि अनसनमा उत्रेका हुन । अभियानीहरुको माग प्रति ध्यानाकषर्ण समेत नहुनु लाजको विषय वनेको छ ।
भाषणमा ठुल ठुला कुरा बोल्ने तर आफ्नो भागको कार्यान्वयनको पक्षमा समेत आनकानी गर्ने प्रादेशिक सरकारको मुख्य विशेषता बनेको छ । आन्दोलनबाट प्राप्त सरकारसँग जनताले यसप्रकारको अपेक्षा पक्कै गरेको थिएन ।
हुनतः तस्विर नै खिचाउनका लागि प्रदेश सरकारकै एक दुइजना मन्त्री अनसनमा समर्थन जनाउन नआएको पनि होइन तर माग पुरा गर्नका लागि विश्वासीलो आधार चाहि कसैसँग देखिएन । प्रदेश २ सरकारले शहिदहरुका लागि आवश्यक योजना ल्याउन नसक्ने ले आन्दोलनको मुल्य मान्यतालाई ध्यान देला जस्तो पनि लाग्दैन । अख्तियार र नगरपालिकासंग विभिन्न सुचना मांग गर्दै अनसन बसेका युवाहरुको दशै अनसन स्थलमै बितेको छ ।
तपाईको प्रतिक्रिया !