जनकपुरधाम- जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश २ को अध्यक्षमा पुनः विजय यादव चयन भएका छन । मधेस प्रदेश समिति प्रदेश दुई को समायोजन एकसय एकवन सदस्यीय घोषणा तथा शपथग्रहण पार्टीका केन्द्रीय अध्यक्ष माननीय उपेन्द्र यादव ज्यू द्वारा सम्पन्न साथै कार्तिक १५ गते समितिका प्रथम वैठकवाट पदाधिकारी चयन र कार्यविभाजन गर्ने निर्देशन तथा पदाधिकारी चयन नहुनजेल सम्म माननीय कृषि मन्त्री विजय कुमार यादव प्रदेश समितिका अध्यक्ष पदमा यथावत रहने केन्द्रीय अध्यक्ष द्वारा घोषणा भयलगत
प्रदेशका दुईका कृषि मन्त्री समेत रहेका मन्त्री यादवलाई जनकपुरधाममा वसेको प्रदेशको समायोजन वैठकबाट अध्यक्षमा पुनः चयन गरिएको हो । पार्टीमा एक व्यक्ति एक पद लागु भएकोले यादवले अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
केन्द्रिय समितिमा आफनो पदलाई वरकरार राखेका थिए । तर आइतवार अवेर सांझ भएको छलफलबाट यादवलाई पुनः अध्यक्षमा चयन गरिएको छ । यादवलाई चयन गरिएपनि प्रदेश अध्यक्षका लागि ज्ञानेन्द्र यादव र मेयर लालकिशोर साहको नाम चर्चामा रहेको थियो ।
तपाईको प्रतिक्रिया !