जनकपुरधाम । प्रदेश २ का गर्भवती, सुत्केरी महिला र बालबालिकाहरुलाई आपत्तकालीन पोषण खाद्यान्न वितरण गरिएको छ । युके एड तथा डब्लुएफपीको आर्थिक सहयोगमा लाइफ नेपाल जनकपुरले प्रदेशको धनुषा र सर्लाही जिल्लाका गर्भवती, सुत्केरी महिला र बालबालिकाहरुलाई आपत्तकालीन पोषण खाद्यान्न सहयोग गरेको हो । कोरोना महामारीबाट उत्पन्न कुपोषणको अवस्थालाई मध्यनजर गरी दुवै जिल्लाका २७ हजार तीन सय २८ गर्भवती, सुत्केरी र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई सो खाद्यान्न सामग्री वितरण गरिएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बताए ।
अध्यक्ष ठाकुरका अनुसार धनुषाको जनकनन्दनी तथा बटेश्वर गाउँपालिका र कमला नगरपालिका रहेको छ भने सर्लाहीका बलरा, चक्रघटा, कौडेना, गोडैता, हरिपुर र कविलासी पालिकामा उक्त सामग्री वितरण गरिएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. २ बलहागोठमा शनिबार एक कार्यक्रमका बीच गर्भवती, सुत्केरी महिला र बालबालिकाहरुलाई आपत्तकालीन पोषण खाद्यान्न सामग्री वितरण गरिएको छ । वडा नं. २ का वडाध्यक्ष भोगेन्द्र पाठकको रोहवरमा गरिएको वितरण कार्यक्रममा लाइफ नेपालका जीवन पुडासैनी, हेली राई, श्रीप्रसाद मण्डल, प्रकाश शर्मा, डब्लुएफपीकी पार्वती केसी लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !