काठमाडौं– सरकारले आज पूर्णता पाएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मौजुदा मन्त्रिपरिषदमा १८ मन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि आज पहिलो पटक मन्त्रिपरिषद्को पूर्ण बैठक बसेको छ । नवनियुक्त मन्त्रीहरुले शुक्रबार साँझ नै मन्त्रालयमा गएर पदभार ग्रहण गर्नुभएको छ । पदभारपछि कृषि तथा पशुपक्षीमन्त्री महिन्द्र राय यादवले देशको अर्थतन्त्रको बलियो आधार कृषि क्षेत्र भएको बताउनुभएको छ । मन्त्रालयमा आज पदवहाली गरेपछि नवनियुक्त मन्त्री यादवले यस क्षेत्रलाई वैज्ञानिक ढङ्गबाट अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले महामारीका कारण अहिले विषम परिस्थिति रहेकाले किसानलाई सक्दो सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिँदै कृषि क्षेत्रको समस्याको पहिचान गरी समाधानमा सक्रिय भूमिका खेल्न आग्रह दिनुभयो । मन्त्रालयमा सचिवद्वय डा कृष्णप्रसाद आचार्य, डा गोविन्द शर्मा, सहसचिव प्रकाश सञ्जेल, उपसचिव टेकप्रसाद लुइँटेललगायत कर्मचारीले मन्त्री यादवलाई मन्त्रालयमा पुग्दा स्वागत गर्नुभएको थियो । यसैबीच युवा तथा खेलकुदमन्त्री महेश्वर ज्ग गहतराजले पनि मन्त्रालयमा पुगेर पदवहाली गर्नुभएको छ । उहाँले खेलकुद क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँलाई सहसचिव विष्णुराज ढकाल नेतृत्वको टोलीले स्वागत गरेको थियो ।
तपाईको प्रतिक्रिया !