जनकपुरधाम- डा.सिके राउत नेतृत्वको जनमत पार्टी नेपालका समर्थकहरुले जनकपुरधाम उपमहानगरपालिकामा तालाबन्दी गरेको छ । विभिन्न मांग राख्दै जनकपुरधाम उपमहानगरपालिका पुगेका उनीहरुलाई प्रवेशमा अवरोध गरेपछि नारावाजी गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समुह प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका थिए। बेटी बचाउ, बेटी पढाऊ अभियान अन्तर्गत साइकल खरिदमा भ्रष्टाचारको आरोप लागेपछि जनमत पार्टीका कार्यकर्ताहरूले मुख्यमन्त्री राउतको राजीनामा मागेका हुन् । उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्दै साइकल चोर देश छोड, भ्रष्ट प्रदेश सरकार मुर्दावाद, जनमत पार्टी जिन्दाबाद जस्ता नारा लगाका छन् ।
जनमत पार्टीकी केन्द्रीय सचिव अनिता साहले भ्रष्टाचारको छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेकोमा अख्तियारका पदाधिकारीलाई धन्यवाद दिइन् । साहले भनिन्, ‘अन्य कार्यालयमा छापा मार्दा मधेस र सङ्घीयता विरोधी भएन ।’ मुख्यमन्त्री कार्यालयमा छापा मार्दा अख्तियार मधेस र सङ्घीयता विरोधी भयो प्रश्न गरिन्। उनले छानबिन गर्न र दोषी ठहर भए कानून बमोजिम कारबाही गर्न अख्तियारसँग आग्रह समेत गरिन्।
तपाईको प्रतिक्रिया !