Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुसँग शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
October 1, 2021
अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुसँग शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न
18
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- ६६औं प्रहरी दिवस २०७८ को अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरू बिच शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ ।कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश प्राप्त अग्रज प्रहरी महानिरीक्षकज्यूहरु संगठन प्रमुखको रुपमा रहँदा संगठनको हित एवं श्रीवृद्धिका लागि पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो । अन्तरसंवादको क्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकज्यूहरुबाट प्राप्त अनुभव, राय, सुझाव एवं निर्देशनहरु संगठनको नीति निर्माण तथा सुदृढिकरणमा अत्यन्त उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठन सुदृढिकरण एवं प्रणालीगत विकासको लागि हाल विभिन्न कार्ययोजना तय गरी लागू गरिएको चर्चा गर्दै मातहत कर्मचारीहरुको मनोबल उच्च राख्न संगठन क्रियाशिल रहेको बताउनुभयो ।

सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उपस्थित अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुलाई कृतज्ञताको चिनो समेत प्रदान गर्नुभयो ।कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै अन्तरसंवाद कार्यक्रम संगठनको हितको लागि अत्यन्तै फलदायी हुने चर्चा गर्नुभयो । समाजको कार्यशैली र व्यवहारमा सुधार भएमा प्रहरीको व्यवहार एवं कार्यशैलीमा समेत स्वयं सुधार देखिने बताउँदै अवकाश प्राप्त प्रहरी महानिरीक्षक बोहराले प्रहरीले जनसहभागिता कार्यक्रमलाई अभिवृद्धि गर्दै अझ प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिनुभयो । अहिलेको अवस्थामा समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले कठिनाई तथा चुनौतिको सामना गर्नुपरेको उल्लेख गर्दै मातहत प्रहरी कर्माचारीको मनोबल उच्च राख्न उनीहरुको वृत्तिविकास, हकहित लगायतका विषयमा संगठन केन्द्रीत हुनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।अन्तरसंवादको क्रममा उपस्थित अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरूले प्रहरी संगठन सम्बन्धी समसामयिक विषयमा आ-आफ्नो धारणा व्यक्त गर्नुका साथै अनुभव एवं सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले वर्तमान कानूनी व्यवस्था, प्रहरी कर्मचारी समायोजनको अवस्था र संगठनको संरचना सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उहाँहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो । सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुले प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र नवनिर्मित भवनहरू समेतको अवलोकन गर्नुभएको थियो ।कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु मोतिलाल बोहरा, श्याम भक्त थापा, ओम बिक्रम राणा, हेम बहादुर गुरूङ, रमेश चन्द ठकुरी, रविन्द्र प्रताप शाह, कुबेर सिंह राना, उपेन्द्र कान्त अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

२४ घण्टामा १०६६ संक्रमित थपिए, ९३८ जना डिस्चार्ज

अघिल्लो समाचार

नेपाली कांग्रेसको अधिवेशन हुने भएसँगै कार्यकर्ता उत्साहित

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

6 hours ago
गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

2 days ago
गण्डकी कोटिहोममा रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

गण्डकी कोटिहोममा रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

2 days ago
गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

3 days ago
आज बाट प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

आज बाट प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits