Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

जनकपुरधाममा चिकित्सकले गलत सुई लगाएका कारण डेढ महिने शिशुको मृत्यु

News Desk News Desk
September 4, 2020
जनकपुरधाममा चिकित्सकले गलत सुई लगाएका कारण डेढ महिने शिशुको मृत्यु
47
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

चिकित्सकले गलत सुई लगाएका कारण जनकपुरको एक अस्पतालमा एक अवोध शिशुको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ स्थित जनकपुर श्री राम हस्पिटल प्रा.लि.मा चिकित्सकले गलत सुई लगाएका कारण शिशुको मृत्यु भएको परिवारजनको आरोप छ । धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर–७ तारापट्टीका उस्मान नदाफ आफ्नो डेढ महिने छोरोको उपचारका लागि त्यहाँ पुग्दा चिकित्सकहरुको लापरवाहीका कारण उसको मृत्यु भएको आरोप लगाएका छन् ।

उस्मान दम्पतीले चार छोरीको प्रतिक्षा पछि गत साउन ९ गते एक छोरा पाएका थिए । तर चिकित्सकको लापरवाहीले त्यो छोरालाई पनि गुमाउनुपर्यो । उस्मानले भने,‘छोरा पाउनका लागि ५ लाख रुपैयाँ खर्च गरेको थिएँ तर, त्यो सब खेर गयो ।’

दुई तीनदेखि डेढ महिने शिशु उमर फारुक दिसा पिसाब गर्न छोडेको थियो । फारुकले दिसा पिसाब गर्न छोडेपछि हत्तपत्त उपचार गराउनका लागि बिहीबर उस्मान दम्पती श्री राम हस्पिटलमा पुगेका थिए । शिशुको आमा जयमन खातुनले भनिन्,‘छोरालाई उपचारका लागि पुगे लगत्तै दिसा पनि गर्यो, पिसाब पनि गर्यो, तैपनि अस्पतालले थप उपचार गर्नुपर्ने भन्दै भर्ना गर्न भन्यो । डाक्टरले चेक गरेपछि दुई वटा सुई दियो, स्लाइन पानी पनि चढायो, त्यस लगत्तै बचचालाई खोकी सुरु भयो । खोकी हुन थालेपछि चिकित्सकले फेरि सुई दियो र त्यसपछि मेरो छोराको मृत्यु भयो, चिकित्सकले नै मेरो छोरालाई मारेको हो ।’ यता अस्पताल प्रशासनका अमित कुमारले आमाको लापरवाहीले उनको छोराको मृत्यु भएको दावी गरेका छन् । उनले भने,‘परिवारजनले शिशुलाई उपचारका लागि अस्पताल भर्ना गराएलगत्तै चिकित्सकहरुले नोजल ड्रप दियो, प्रिनाकोटको सय एमजी मध्ये १५ एमजी शिशुलाई दिनका लागि भनेका थिए । शिशुको अवस्थामा सुधार नआएपछि शिशुको आमाले नोजल ड्रप दिनका लागि हट कसेका थिए जबकि चिकित्सकले बारम्बार रोके । तैपनि आमाले लुकाएर नोजल ड्रप आफै शिशुलाई दिए ।’ उनले बच्चाको श्वास नलिलाई क्लियर गर्न बाँकी रहेपनि त्यस अगाडी नै आमाले बच्चालाई दूध खुवाएकोले शिशुको मृृत्यु भएको दाबी गरेका छन् ।

यता, शिशुको मृत्यु भएपछि परिवारजनले अस्पताल प्रशासनप्रति आक्रोश जनाएका छन् । चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएपछि परिवारजनले अस्पताल प्रशासन र शिशुलाई उपचार गरेका चिकित्सक कामेन्द्र यादव बिरुद्ध प्रहरी समक्ष निवेदन दर्ता गराएका छन् ।
जनकपुर श्री राम हस्पिटल प्रा.लि. र चिकित्सक बिरुद्ध भुल्ला नदाफले जनकपुरधामस्थित जानकी प्रहरी चौकीमा निवेदन दर्ता गराएका हुन् ।

पछिलो समाचार

जनकपुरधामको मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णय

अघिल्लो समाचार

मोसा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, २ जना गम्भिर घाईते

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

19 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits