काठमाडौं– नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
हालसम्म सभापतिमा वर्तमान उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।
औपचारिक घोषणा नभए पनि वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्व दाबेदार हुनुहुन्छ ।
गुरुङले आफू जीतको नजिक रहेकोसमेत दाबी गर्नुभयो । ‘नयाँ पुस्ता नेतृत्वका लागि योग्य र सक्षम छ,’ उहाँको भनाइ छ, ‘नयाँ पुस्ताले पार्टीको पनि नेतृत्व गर्दछ, देशको पनि नेतृत्व गर्दछ ।
तपाईको प्रतिक्रिया !