काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि औपचारिकरुपमा चुनावी अभियानमा होमिनुभएको छ ।
निधिले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापतिमा दाबी गर्नुभएको छ । उहाँले शुक्रबार पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायत विभिन्न पवित्र मन्दिरका पुजारी तथा पण्डित हरूबाट बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयमा शुभाशिष लिनुभएको छ ।
सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा निधिले आगामी चुनावमा कांग्रेसलाई सबै तहमा पहिलो स्थानमा ल्याउने गरी नेतृत्व दिने दाबी गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया !