Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सचेत गराउन सिफारिस

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
August 26, 2021
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सचेत गराउन सिफारिस
26
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- फुटबल विवादबारे राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बनाएको छानविन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सचेत गराउन सिफारिस गरेको छ ।

समितिले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई हिजो आफ्नो प्रतिवेदन बुझाएको हो । समितिले फुटबलमा विवाद सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अलमुताइरीलाई सचेत गराउन उक्त प्रतिवेदनमा सिफारिस गरेको हो ।

समितिले मुख्य प्रशिक्षक अलमुताइरीलाई अखिल नेपाल फुटबल (सङ्घ) एन्फासित भएको सम्झौताअनुसार नै गतिविधि गर्न सुझाव दिएको छ ।

विवाद सिर्जना हुने कुनै किसिमको गतिविधि नगर्न अलमुताइरीलाई सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ । एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षकलगायतलाई आफ्नो पदीय मर्यादालाई ध्यानमा राखेर कार्य गर्न समितिले निर्देश गरेको छ । खेलकूद क्षेत्रलाई धुमपान र मध्यपान निषेधित क्षेत्र बनाउनुपर्नेमा उक्त प्रतिवेदनमा जोड दिइएको छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कोही कसैलाई लक्षित गरेर धारणा राख्न अलमुताइरीलाई रोक्नुपर्ने सो प्रतिवेदनमा उल्लेख छ । अल्मुताइरीले राजीनामासम्बन्धी आफ्नो विवादास्पद धारणा फेसबुकमार्फत सार्वजनिक गरेकामा त्यसलाई अविलम्ब हटाउन समितिले राखेपलाई सुझाव दिएको छ ।

अलमुताइरीले गत साउन १० गते फेसबुकमार्फत आफ्नो धारणा राख्दै राजीनामा दिनुभएको थियो । एन्फाका वरिष्ठ उपाध्यक्ष पंङ्कजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको धारणा अलमुताइरीले सार्वजनिक गरेपछि विवाद भएको थियो ।

विवादपछि राखेपले आफ्ना सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरेको थियो । उक्त समितिमा रोखेप सदस्य रेनुका श्रेष्ठ, सुवर्णकेशरी श्रेष्ठ र चन्द्रबन्दना राई, राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राखेप कानून शाखा प्रमुख नारायणराज अर्याल र राखेप सङ्घसंस्था समन्वय शाखा प्रमुख सरोजकुमार पोखरेल सदस्य रहनुभएको थियो ।

समितिले सो क्रममा १४ जनासँग बयान लिएको थियो । प्रतिवेदनमा समितिले एन्फालाई १५ दिनभित्र आचारसंहिता बनाई राखेपबाट स्वीकृत गराई लागू गर्न सुझाव दिएको छ । सञ्चारकर्मी विभु श्रेष्ठ र विभा थापासँग प्रशिक्षक अलमुताइरीको विवादबारे दुवै पक्षलाई बोलाइ समाधान गर्नसमेत सो प्रतिवेदनले एन्फालाई निर्देश गरेको छ ।

आगामी दिनमा एन्फामा कुनै समस्या वा विवाद सिर्जना भए आफैँ समाधान गर्ने तथा नसके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराई राखेपलाई अनुरोध गर्न पनि सुझाव दिइएको छ । कुवेती नागरिक अलमुताइरी २०७७ चैतमा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको हो ।

पछिलो समाचार

कोभिड-१९ सङ्क्रमण कायमै रहेको अवस्थामा पढाइ शुल्क नलिन विभिन्न विश्वविद्यालयलाई पत्राचार

अघिल्लो समाचार

आजदेखि तीन दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाईंदै

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

4 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

4 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits