काठमाडौं – महन्थ ठाकुर, राजेन्द्र महतो समुहले अध्यादेश जारी भए लगत्तै पार्टी दर्ता गराउने अन्तिम तयारी गरेका छन् । ठाकुर निकट श्रोतका अनुसार, यस अघिनै अध्यादेश ल्याउने सरकारको निर्णयलाई स्वागत गरेको हुनाले राष्ट्रिपतिबाट जारी भएलगत्तै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने आन्तरिक तयारी पुरा भएको जनाएको छ ।ठाकुर महतो समुहले दर्ता गराउन लागिएको नयाँ पार्टीको नाम जसपा (लोकतान्त्रीक) रहने जनाइएको छ । त्यस्तै, नयाँ पार्टीको चुनाव चिन्ह साइकल राख्ने निर्णय भएको जनाएको छ। २३ जना केन्द्रीय कार्यकारिणी सदस्यकाे समिति ,एकल अध्यक्ष मा.महन्थ ठाकुर सहित हाललाई बाँकि के.का.सदस्य हुने गरि दर्ता हुने भएको छ ।

चुनाव चिन्ह साईकल छाप ।
तपाईको प्रतिक्रिया !