सर्लाहीको चन्द्रनगर गाउँपालिका निर्माण भएको दुईवटा आधारभूत स्वास्थय सेवा केन्द्रको प्रदेश सांसद उपेन्द्र महतोले आज उद्घाटन गरेकाछन्। चन्द्रनगर गाउँपालिका वार्ड नं ४, पोखरियामा आज ११ बजे र चन्द्रनगर गाउँपालिका वार्ड नं ३, वरकुर्वामा आजै ३ बजे आधारभूत स्वास्थय सेवा केन्द्रको प्रदेश सांसद महतोले उद्घाटन गरेकाछन्। दुईवटै स्वास्थ्य केन्द्रमा केन्द्र सरकारको बजेट आएको र गाउँपालिकाबाट ३८/३८ लाखमा टेन्डर भई निर्माण सम्पन्न भएको पालिकाका प्रमुख प्रसासकिय अधिकृत अशोक साहले बताउनुभयो।

पोखरिया र बरकुर्वा दुबै ठाउँमा स्वास्थय सेवा केन्द्र आफ्नो भवन नहुँदा भाड़ाको घरमा बस्दै आएको र अब आफ्नै भवन भवनमा आएसँगै कामकाज गर्न सजिलो हुने वडा नम्बर ३ का वार्ड अध्यक्ष सिताराम महतोले जानकारी गराउनुभयो। कार्यक्रममा पालिका अध्यक्ष महेन्द्र महतो, वार्ड नम्बर ४ का वार्ड अध्यक्ष जगदिश साह, वार्ड नम्बर ५ का वार्ड अध्यक्ष नन्दलाल राय, नथुनी साह, तपेश्वर महतो, मदन साह, निलाम्बर राउत, शिवचन्द्र राय, मन्सिप महतो, नागेन्द्र साह, खेमराज महतो, हरियाणा महतो, शंकर चौधरी, राजेश यादव, स्वास्थ्यकर्मीहरू, स्वयंमस्विकाहरू, स्थानिय लगायतको पनि उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !