नेकपा एमालेका नेता रघुविर महासेठले निर्वाचन क्षेत्र धनुषा ४ क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर स्थित दुर्गा मन्दिरमा नवनिर्मित धर्मशाला भवनको उद्घाटन गरिएको छ ।भवनमा बैठक, छलफल, अन्तरकृया लगायतका सामाजिक काममा प्रयोग गरिने छ ।एमालेका नेता रघुविर महासेठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सोकार्यक्रममा नेता महासेठले एमालेमा अध्यक्ष केपि शर्मा ओलीको विकल्प अहिले पनि माधव नेपाल नै रहेकाले सरकारलाई दिएको समर्थन फिर्ता गरि पार्टीमा आउन आग्रह गरेका छन् । एमाले बनाउन र यहाँ सम्म ल्याउन माधव नेपालले खेलेको भुमिकाको प्रशंसा गर्दै महासेठले पार्टी छोडेर गएर नेपालको पतन हुने बताए । पाटी फोडेर आत्महत्या नरोज्न वरिष्ठ नेता माधव कुमार नेपाललाई आग्रह गरेका छन् । उनकोउनले शेरबहादुर देउवाको सरकार विस्तार हुँदा हुदै ढल्ने समेत दावी गरेका छन् । कार्यक्रममा मिथिला बिहारी, मिथिला, बटेश्वर गाँउपालिकाका प्रमुखहरु उपप्रमुखहरु सहित एमालेका नेता कार्यक्रताहरुको उपस्थिती थियो ।
तपाईको प्रतिक्रिया !