जनकपुरधाममा आयोजित पार्टीको अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै नेता राजेन्द्र महतोले उपेन्द्र यादवको कारण पुनः मधेशको एकता कमजोर भएको बताउदै जनताले फेरी त्यसलाई असफल गर्ने बताए ।
जसपा अध्यक्ष महन्त ठाकुरले मधेशको समस्या हल गर्नका लागि अहिलेका सवै शिर्षनेताहरु असफल भइसकेको बताउदै उपेन्द्र यादव फेरी भुलभुलैयामा परेर पार्टी कमजोर गर्न तर्फ लागेको बताए । जनकपुरधाममा आयोजित पार्टीको अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै ठाकुरले केपि शर्मा ओली, बाबुराम भट्टराई, प्रचण्ड र शेरबहादुर देउवा सहितका सवै नेताहरु मधेश मुद्दा प्रति गम्भिर नरहेको बताएका छन् ।उनले एकताका बेला राजपा र सपा बिच आधा आधा भागबण्डा हुने सम्झौता भएपनि उपेन्द्र यादवले जालझेल गरि पार्टी चलाउन चाहेको बताए ।
अर्का नेता सरत सिंह भण्डारीले उपेन्द्र यादवको चेहरा देखेर पार्टी एक नभएको बताउदै मधेशी जनताको भावना र फुट डालेर राज गर्ने षडयन्त्रलाई असफल पार्न पार्टी एकता भएको बताउदै त्यसको गलत फाइदा उठाउन खोजिएको बताए । कार्यक्रममा जसपाका प्रतिनिधीसभा सांसद उमाशंकर अरगरियाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई दुई नम्वरी अध्यक्षको संज्ञा दिदै ओली संगको सरकारमा १८ महिनामा के के गरेको ? प्रश्न गरेका छन् ।
भेलालाई सम्बोधन गर्दै अरगरियाले भने, ‘१८ महिना बस्ता अग्रगामी तर १८ दिन हामी बस्दा प्रतिगामी ?’मधेशको सवालमा उपेन्द्रले सधैभरि दुई नम्वरी काम गरेको भन्दै अरगरियाले मधेशको मुद्दा कमजोरी हुनुमा उनकै दोष रहेको बताए ।कार्यक्रममा नेता परमेश्वर साह, सुरिता साह, जयनुल राइन सहितको उपस्थिती थियो ।
तपाईको प्रतिक्रिया !