जनकपुरधाम- नेपालमै सबभन्दा ठुलो लगानीमा धनुषाको धनुषाधाममा जैविक मलको उद्योग सञ्चालन हुने भएको छ ।
आरोह फटिलाईजर प्रा.लि.ले धनुषाको धनुषाधाम नगरपालिकामा २८ करोडको लगानिमा जैविक मलको उद्योग स्थापना गर्न लागेको छ । अगामी वैशाख सम्म उत्पादन हुने हुने उक्त जैविक मल उद्योगमा शनिवार एक कार्यक्रम बीच प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह र संघिय सरकारका कृषि तथा पशुपंक्षि मन्त्रालयका योगेन्द्र कुमार कार्कीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । शिलान्यास पश्चात आयोजना गरिएको शुभकाना कार्यक्रममा मन्त्री साहले आरोह फटिलाईज प्रालिले स्थापना गर्न लागेको जैविक मल उद्योग प्रदेश २ को मात्र नभई नेपालकै लागि गौरवको रहेको बताए । वर्षेणी हुने मल अभावले नेपाली किसानले चाहे क्षति उत्पादन गर्न नसकिरहेको अवस्थामा प्रदेश २ का संचालन हुन लागेको जैविक मल उद्योगले त्यस्ता समस्यालाई धेरै हद सम्म समाधान गर्न सक्ने मन्त्री साहले बताए । धनुषामा पहिलो पटक नेपालमा यतिको लगानीमा जैविक मल सम्बन्धि उद्योग संचालन हुन लागेकोले नेपाली किसानको लागि खुसीको सन्देश रहेको कृषि तथा पशुपंछि मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले बताए । सुरुवाति अवस्थामै २८ करोडको लागतमा निर्माण हुन लागेको उक्त जैविक मल उद्योगले यसको साथै नेपालका कृषकहरुको लागि खुखद खबर रहेको बताए ।
अमेरिकाको वाईमिक्स कम्पनी र भारतको व्हाईसोड ब्योनेट कम्पनीको प्रविधिक सहयोगमा आरोह फटिलाईजरले निर्माण गर्ने जैविक मलले खेतको उर्भराशक्ति बढाउनुको साथै माटोमा रहेको विषदीलाई समेट हटाउने आरोह फटिलाईजर प्रालिका अध्यक्ष शैलेन्द्र शमशेर राणाले बताए । कार्यक्रममा राप्रापा पार्टीका केन्द्रिय सदस्य मनोज प्रताप मल्ल, प्रेक्षा मल्ल, आरोह फटिलाईजर प्रा.लि.सञ्चालक समितिका सदस्य आङ्गकामी लामा (शेर्पा)सहितका सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !