जनकपुरधाम, अषाढ १८ । कोभिड महामारी नियन्त्रणको लागी सेभ द चिल्ड्रेनले प्रदेश सरकारलाई ७३ लाख ५८ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित एक कार्यक्रममा सेभ द चिल्ड्रेनका प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा समाजिक विकास मन्त्री नवल किशोर साहलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेको छ । कोभिड १९को सम्भावित तेस्रो लहरमा बालबालिकाहरु प्रभावित हुने अनुमान रहेको हुँदा सेभ द चिल्ड्रेनले सो को पूर्व तयारीका सामग्रीहरु हस्तान्तरण गरेका छन । हस्तान्तरित सामग्रीहरुमा होस्पीटल बेड, डेडबडी व्याग, अक्सीजन कन्सन्ट्रेटर, पिपिई, फेस सिल्ड स्यानिटाइजर लगायतका सामग्रीहरु रहेका छन ।
तपाईको प्रतिक्रिया !