जनकपुरधाम, असार ११ गते । जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादबले वर्तमान सरकारमा मन्त्री बनेका बाहेकलाई फित्र्ता आउन आव्हान गर्नुभएको छ । उहाँले मन्त्री बनेकालाई पार्टीले कारबाही गरेकोले वर्तमान सरकारलाई समर्थनमा हस्ताक्षर गरेका अन्य आठ जना सांसद फित्र्ता आए स्वागत गरिने बताउनुभएको छ ।
सर्लाहीको कबिलासी नगरपालिकाको छैठौं वार्षिक सभालाई सम्बोधन गर्दै महेन्द्र राय यादबले केपी ओलीलाई समर्थन गरेर महन्थ ठाकुर पक्षले मधेशवादी दल समक्ष संविधान संशोधनका लागि आएका ठूलो अबसर गुमाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “नेकपा एमालेका माधव नेपाल पक्ष, नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादीबीचको सहकार्यले मधेशको मुद्दा पुरा हुने अवस्थामा आएको थियो तर महन्थ ठाकुरले उक्त अबसरलाई खेर फाले ।”
गएको महिना जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षका २० जना सांसदले वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि बहुमतको सरकार बनाउने कसरत गरिरहेको काँग्रेस नेतृत्वको गठबन्धनलाई ठूलो धक्का लागेको थियो । सर्बोच्च अदालतले गएको सोमबार कामचलाउ भइसकेको सरकारले मन्त्रीपरिषद् बिस्तान गर्न नहुने आदेश गर्दा जनता समाजवादीबाट मन्त्री बनेकाहरु पदमुक्त भएका थिए ।
तपाईको प्रतिक्रिया !