सर्लाही । कबिलासी नगरपालिकाका प्रमुख कौशल किशोर रायले ढलान र नाला मात्रै बनाएर समाज परिवर्तन नहुने धारणा राख्नुभयो । उहाँले ब्यक्ति र समाज निर्माणमा समेत नगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो ।सर्लाहीको कबिलासी नगरपालिकाको छैठौं वार्षिक सभालाई सम्बोधन गर्दै “ढल वा सडक निर्माण गर्दा उपभोक्ताबाट बाहबाही पाइन्छ, तर युवा एवम् किशोर किशोरी कुलत र गलत बाटोमा हिंड्दा कसैको ध्यान पुग्दैन्, कुरीति र अन्धविश्वासले समाजलाई पछाडि धकेलेको छ ।” भन्दै उहाँले थप्नुभयो, “भविष्यका कर्णाधार सही बाटोमा हिंडे मात्रै नगरको समग्र बिकास हुन्छ, महिला उद्यम, शिक्षामा समान पहुँच, स्वास्थ्य र रोजगारीको सुनिश्चित भए मात्रै समाज रुपान्तरण हुन्छ, नगरपालिकाले अब उक्त पाटोलाई प्राथमिकतामा राख्नेछ ।”
सभामा ६४ करोडको वार्षिक बजेट प्रस्तुत गरिएको छ । कबिलासी नगरपालिकाले सडक पहुँच, कृषि विद्युतीकरण र सिंचाईको ब्यवस्थापन, शिक्षाको स्तर उकास्न, स्वास्थ्यमा सबैको समान पहुँच पुर्याउन प्राथमिकतामा राखेको छ ।
तपाईको प्रतिक्रिया !