Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

कोभिड विशेष अस्पतालको समुदघाटन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अन्य सेवाहरु छिट्टै शुरु हुने ः मुख्यमन्त्री राउत

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
June 18, 2021
कोभिड विशेष अस्पतालको समुदघाटन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अन्य सेवाहरु छिट्टै शुरु हुने ः मुख्यमन्त्री राउत
107
SHARES
268
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, अषाढ ३ । प्रदेश २ सरकारले अस्थाई राजधानी जनकपुरधाममा एक सय सैयाको विशेष कोभिड अस्पताल संचालनमा ल्याएको छ। जनकपुरको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहिन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पताल संचालनमा ल्याएको हो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा एक कार्यक्रम बीच आज समुदघाटन गर्नु भएको छ । विगत १ वर्ष अघि देखी नै उक्त भवनमा कोभिड विशेष अस्पताल संचालन गर्न प्रयास गरिए पनि विभिन्न अवरोधहरुका कारण आज देखी मात्र संचालनमा ल्याउन सकिएको हो ।

अस्पतालको उदघाटन गर्नु हूँदै प्रतिष्ठानका कुलपति समेत रहनु भएका मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरुको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरु पनि छिट्टै शुरु गर्ने बताउनु भयो । शिक्षण अस्पताल संचालनका लागी सरकार बाट जग्गा लिजमा लिएका मणिपालले दशकौ विति सक्दा समेत अस्पताल संचालन गर्न नसकेकाले उनको लिज खारेजी गराई उक्त जग्गा प्रष्ठिान मातहत ल्याउने पहल शुरु भई सकेको जानकारी समेत गराउनु भयो ।उहाँले भन्नु भयो ,‘ यस भवनमा कोरोना संक्रमितको उपचार मात्र होइन, अन्य विशेषज्ञ सेवा समेत चाडै शुरु हु्न्छ । जग्गा प्राप्तीको प्रक्रिया चाडै शुरु गर्छौ , राज्यको अरबौको सम्पति कुनै संस्थाले यसरी राख्न पाउदैन । ’कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारको गौरबको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गर्नु भयो ।

स्थापनाको छोटो समयमै ४ विधामा शिक्षणको अनुमति प्राप्त गरेको प्रष्ठिानले यसै शैक्षिक सत्र देखी विपिएच, बिएन, विएमएलटी लगायतको अध्यापन शुरु गर्ने भएको छ । प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरु, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पतालका प्रमुख एवं चिकित्सक सहितको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

सर्लाहीमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने

अघिल्लो समाचार

मण्डेला ईन्स्टिच्युट का प्रोपाइटर महतो ले आफ्नो जन्मोत्सब मा गरे बृद्ध आमा बुबा लाई खाध्यन्न सहयोग ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

5 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits