जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नं. ९ मा पोखरी जिणोद्धार र घाट निर्माण हुने भएको छ ।
चालु आर्थिक वर्षको योजना अन्तर्गत हँसपुर नगरपालिका वडा नं. ९ मोरहा गाउँमा रहेको पोखरीको जिर्णोद्धार र घाट निर्माण हुने भएको हो ।
आइतबार एक कार्यक्रमका बीच नगर प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाले संयुक्त रुपमा पोखरी जिर्णोद्धार र घाट निर्माण कार्यको शिलान्यास गरेका छन् ।
शिलान्यास गर्दै पोखरीको सौन्दर्यीकरण गरेर पर्यटकीय दृष्टिकोणले विकास गर्ने नगर प्रमुख मण्डलले घोषणा गरे ।
सो पोखरी जिर्णोद्धार र घाट निर्माणको लागि नगरस्तरीय योजना अन्तर्गत २२ लाख बजेट विनियोजन गरिएको नगरप्रमुख मण्डलले जनाए ।
सो अवसरमा वडा नं. ९ का वडाध्यक्ष नरेश मण्डल, वडा सदस्य इद्रिश कवारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । शिलान्यास कार्यक्रममा स्वास्थ्य सुरक्षा मापदण्डका पूर्ण रुपले पालना गर्दै समाजिक दूरी र मास्क प्रयोग गरिएको थियो ।
तपाईको प्रतिक्रिया !