Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

‘मिस युनिभर्स नेपाल २०२०’ का लागि आवेदन खुल्ला

News Desk News Desk
October 8, 2020
‘मिस युनिभर्स नेपाल २०२०’ का लागि आवेदन खुल्ला
34
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

‘मिस युनिभर्स नेपाल २०२०’ का लागि आवेदन खुल्ला भएको छ ।

ब्रेभ, बोल्ड, एण्ड ब्युटिफूल प्रालि आयोजक रहेको प्रतियोगितामा शीर्ष उपाधिसहित रु १० लाख पुरस्कार समेत राखिएको छ ।  प्रतियोगीताका लागि आवेदन ‘मिस युनिभर्स नेपाल २०२०’ एम मार्फत भर्न सकिनेछ । एपको लन्च आज (बिहिबार) साँझ एपीवान टेलिभिजनबाट सार्वजनिक हुने कार्यक्रम ‘द नग्म्याटिक शो’ मार्फत हुँदैन । जसबाट मिस युभिनर्स नेपालको लागि एल्पिकेसन फारमा समेत सार्वजनिक हुँदैछ ।‘द नग्म्याटिक शो’ को आजको श्रृंखलामा आयोजकको तर्फबाट नग्मा श्रेष्ठले केहि महत्वपूर्ण घोषणा पनि गर्नेछिन् । ‘मिस युनिभर्स नेपाल २०२०’ को सबैभन्दा खास ताज विजेताले प्राप्त गर्ने पुरस्कार राशी पनि हो । रु. १० लाख पुरस्कार राशी रहेको यो सौन्दर्य प्रतिस्पर्धा अहिलेसम्मकै मूल्यवान प्रतिस्पर्धा भएको बताइएको छ ।

कार्यक्रममा ‘द नग्म्याटिक शो’ दर्शकलाई ‘मिस युनिभर्स नेपाल २०२०’ को सहयात्रा गराउने टेलिभिजन कार्यक्रम हो । यो ११ वटा सप्ताहिक श्रृंखलाका रूपमा प्रसारण हुनेछ । आज बिहिबारको कार्यक्रममा ‘मिस युनिभर्स नेपाल २०२०’ का प्रतिनिधिः शारीरिक सकारात्मकता (बडि पोजिटिभिटि) अभियन्ता तथा मिस युनिभर्स क्यानेडा २०१६ सिएरा बेअर्चल, निर्माता, मोडल तथा ट्रान्स अभियन्ता जीना रोसेरो, नेपालकी प्रसिद्ध गायिका तथा लोकप्रिय रियालिटी शो नेपाल आइडलकी जज इन्दिरा जोशी, पर्वतारोही तथा स्ट्यान्ड अप कमेडियन शैली बस्नेत, लाइफस्टाइल कोच प्रेरणा शाह, टिच फर नेपालकी सीइओ स्वस्तिका श्रेष्ठ, शुभेच्छा खड्का लगायतले प्रतियोगिताको बिषयमा जानकारी दिनेछन् ।

कद, तौल, भाषा आदि कुनैपनि आधारमा प्रतिबन्ध नलगाइएको साथै पारलैंगिक सहभागीहरुका लागि समेत आवदेन खुल्ला भएको प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२०’ विश्वकै सबैभन्दा समावेशी सौन्दर्य प्रतियोगिता भएको दाबी आयोजकको रहेको छ । ‘मिस युनिभर्स नेपाल २०२०’ मा मनमा नेपाल बोकेका जुनसुकै कद, तौल, भाषा, लैंगिकता वा यौनिकता भएका युवावर्गले सहभागिता जनाउन सक्नेछन्’ आयोजक संस्थाकी नग्मा श्रेष्ठले भनिन्, ‘अहिलेसम्म सम्पन्न प्रतियोगिता व्यक्तिहरुको पहुँचमा मात्र रहेको थियो । यहि कुरालाई परिवर्तन गर्दै सबै आर्थिक वर्गको समावेशीता सुनिश्चित गर्ने उद्देश्यले यो प्रतियोगीतामा सुरु भएको हो ।’

प्रतियोगितामा सहभागीका लागि एपमा प्राप्त हुने प्रथम २० आवेदनहरुले निःशुल्क सहभागीता जनाउन सक्नेछन् । त्यसपछिका ५००० आवेदनमा नेपाली नागरिकका लागि रु.१००० र गैरनेपालीका लागि ५० डलर आवेदन शुल्क तोकिएको छ । ‘मिस युनिभर्स नेपाल २०२०’ विश्वका अन्य प्रमुख सौन्दर्य प्रतिस्पर्धाहरुका तुलनामा प्रजातान्त्री हुने र बहादुर, साहसी, र सुन्दर प्रस्तिस्पर्धाको समेत अनुभूति हुने आयोजक पक्षले जानाएको छ । प्रतियोगितामा प्रतिस्पर्धाको विजेता शतप्रतिशत केवल भोटका आधारमा छानिनेछन् ।

 प्रतियोगिताको आयोजक ब्रेभ, बोल्ड, एण्ड ब्युटिफूल प्रालि (बि.बि.बि) रहेको छ । यो संस्था मिस युनिभर्स नेपाल २०१७ कि विजेता नग्मा श्रेष्ठद्वारा मिस युनिभर्स नेपाललाई अन्तराष्ट्रिय दृष्टिकोण अनुरुप उच्चस्तरीय बनाउँदै आफू सशक्त भएसरह नेपाली महिलाहरुको पनि प्रतिस्पर्धा मार्फत सशक्तिकरण गर्ने उद्देश्यबाट प्रेरित भइ स्थापना गरिएको हो । 

‘मिस युनिभर्स नेपाल २०२०’ मिस युनिभर्स संगठनको नेपाली फ्रान्चाइज हो । ‘मिस युनिभर्स संगठन २०२२’ को अन्तर्राष्ट्रिय फाइनल नेपालमा आयोजना गरिने लक्ष्य समेत ब्रेभ, बोल्ड, एण्ड ब्युटिफूल प्रालिले राखेको छ । मिस युनिभर्स संगठन (एम.यु.ओ) (एण्डेभर कम्पनि) मनोरञ्जन, फेशन, तथा परोपकार जगतमा रहेका विश्वभरका महिलाहरुका निम्ति अवसर सिर्जना गर्ने कार्यक्रम हो । 

पछिलो समाचार

धनुषामा थप एकजना काेराेना संक्रमितको मृत्यु

अघिल्लो समाचार

बिहिबार देशभर ४ हजार ३६४ संक्रमित थपिए

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits