Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

कृषि मन्त्रालयले देशभरका किसानको गणना गर्ने

News Desk News Desk
October 7, 2020
कृषि मन्त्रालयले देशभरका किसानको गणना गर्ने
48
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका कृषकहरुको गणना गर्ने भएको छ । यो गणना ७५३ वटै स्थानीय तहमार्फत गरिने छ ।

कृषकहरुले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए/नपाएको अवस्थाबारे विवरण संकलन गरिने कृषिमन्त्री घनश्याम भुसालले बताए । नेकपा नेता भुसालले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ७५३ स्थानीय तहमा कृषकहरुको डाटा संकलन गर्न लागिएको हो । सरकारले राष्ट्रिय जनगणना गर्न लागेकै बेला कृषि मन्त्रालयले देशभर छुट्टै गणना किन गर्न लागेको भन्ने प्रश्नमा मन्त्री भुसालले भने, ‘किसानहरुबाट हामीले जुन तथ्यांक लिनुपर्ने हो, त्यो हामीले खोजेजस्तो राष्ट्रिय जनगणनाबाट प्राप्त हुँदैन । राष्ट्रिय जनगणना समग्र गणना हो भने कृषकको सर्वेक्षणबाट किसानका वास्तविक समस्याहरुको पहिचान गर्न खोजिएको हो ।’

सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षणसम्बन्धी कार्यक्रम पठाइसकेको र केही दिनमै देशैभरि अभियानको घोषणा हुने मन्त्रालयका एक अधिकारीले जानकारी दिए । स्थानीय तहका वडा र पालिकामा दर्ता हुने कृषकहरुलाई स्थानीय तहले कृषक प्रमाण पत्रसमेत दिने मन्त्रालयले जनाएको छ । कृषक सूचीकरणपछि वास्तविक कृषकहरुको परिचय स्थापित हुने, कृषि क्षेत्रमा प्रवाह हुने सेवाहरुमा दोहोरोपना हट्ने तथा सबै कृषकमा सरकारी पहुँच पुग्ने कृषि मन्त्रालयका अधिकारीहरु बताउँछन् । कृषकका लागि विभिन्न निकायबाट हुने सेवा प्रवाह एकीकृत गर्ने तथा कृषिको वर्गीकरण तथ्यांकबाट राष्ट्रिय डाटावेश तयार गर्ने उद्देश्य मन्त्रालयको छ ।

कृषकहरुको सर्वेक्षणको कार्यविधिबारे बुधबार कृषि मन्त्रालयमा कर्मचारीहरुसँग मन्त्री भुसालले थप छलफल गर्ने कार्यक्रम रहेको स्रोतले बतायो ।

पछिलो समाचार

बुधबार, ३४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

अघिल्लो समाचार

आजदेखि डीभी ( DV ) आवेदन खुल्दै

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

6 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits