नेपालमा बिहीबार थप १९११ जनामा कोरोना पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ६२८ महिला र १२८३ पुरुष गरि थप १९११ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ सय पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।
त्यस्तै बिहीबार ९६१ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ५७३८९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २१८३० जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल क्वारेन्टाइनमा ५ हजार ७७ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा ११ हजार ६९ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १० हजार७३१ जना रहेका छन् । त्यस्तै हालसम्म १० लाख ३३ हजार ९४७ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !