नेपाल विद्युत् प्राधिकरणले लकडाउनका बेलाको महशुल भुक्तानीमा छुट दिएको छ । प्राधिकरणले थप दस्तुर एवं जरिवानाबारे पनि स्पष्ट पारेको छ ।
कोरोना भाइरस संक्रमणले गर्दा लकडाउन भएकाले विद्युत्को मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसक्दा उपभोक्तामा अन्योल रहेकाले प्राधिकरणले सूचनामार्फत स्पष्ट पारेको हो । सूचना अनुसार २०७७ भदौ महिनाको महशुल भुक्तानी गर्दा असोज २२ गतेसम्म थप दस्तुर नलाग्ने र असोज २३ देखि ३० गतेसम्म पाँच प्रतिशत थप दस्तुर लाग्नेछ । ग्राहक स्वयंले नै मिटर रिडिङ गरी अनलाइनमा विवरण अद्यावधिक गर्न सक्ने वा ११५० नम्बरमा फोन गरेर पनि रिडिङ अंक टिपाउन सकिने प्राधिकरणले जनाएको छ ।
ग्राहकले खपतको आधारमा अग्रिम भुक्तानी गरेको भए महशुल रकममा छुट हुने र आगामी दिनका बीलमा समायोजन गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।
तपाईको प्रतिक्रिया !