यस वर्ष धनुषाबाट ३३ जना हज यात्री हजको लागि काठमाण्डौ प्रस्थान गरेका छन् ।
जिल्लाका जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, मिथिला विहारी नगरपालिका, गणेशमान चारनाथ नगरपालिकासहितका ३३ जना यस वर्ष हजका लागि खाडी मुलुक सउदीको मक्का मदिना जान लागेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
आज हजका लागि घरबाट प्रस्थान गरेका हज यात्रीहरु आज राति काठमाण्डौ स्थित काशमिरी मस्जिदमा बसोवास गर्ने र त्यहाँबाट भोलि हजका लागि सउदी प्रस्थान गर्ने कार्यक्रम रहेको छ । धनुषाका १२ जना महिलासहित ३३ जना हजका लागि सउदी जान लागेका हुन् । यस वर्ष नेपालबाट हजका लागि १ हजार १८० जना हाजी हज गर्न खाडी मुलुक सउदीको मक्का मदीना जाने भएको छ । इस्लाम धर्मका पाँच वटा अधार स्तमभ मध्ये हज पनि एउटा महत्वपुर्ण स्तभ रहेको छ । तर हज हुने खाने सम्पन्न मुस्लिमलाई अनिर्वाय गरिएपनि गरिव विपन्नलाई भने छुट गरिएको छ । हज गर्दा पुण्य प्राप्ती हुने तथा मोक्ष प्राप्ति हुने जन विश्वास रहेको हज यात्री मास्टर क्युमले बताए ।
प्रत्येक वर्ष नेपाल सहित संसारभरिका मुस्लिम सामुदाय हज गर्न लागि सउदी जाने गरेको छ । इस्लामधर्मावलमीहरुको लागि सउदी महत्वपुर्ण स्थल मानिएको छ । सउदी सरकारले यस वर्ष १ हजार २ सय नेपाली हज यात्रिको लागि कोटा प्रदान गरिएको हज कमिटीका पुर्व सदस्य मोहम्मद कैसले जानकारी दिए ।
कोभिड कालमा कोटा निकै न्युन दिएको थियो । यस वर्ष नेपाल सरकारले प्रत्येक हज यात्रिसँग ४ लाख ६५ हजार रुपैयाँ लिने परिपत्र गरेको छ । नेपाल सरकारले हज यात्रिहरुसँग चर्का रकम असुल गरेपनि हज यात्रीहरुको लागि सउदीमा बस्ने र खाने राम्रो व्यवस्थापन गर्न नसकिरहेको गुनासो रहदै आएको छ ।
यस वर्ष नेपालबाट हज गर्न धनुषाबाट ३३,काठमान्डौबाट ३४,मोहत्तरीबाट ४१,पर्साबाट २६ र सर्लाहीबाट ३९ जना रहेको छ ।त्यसैगरि कपिलवस्तुबाट १९१,कैलालीबाट २,सुर्खेतबाट १ बर्दियाँबाट ५ दाङ्गबाट ३ र अर्घाखाँचीबाट ८ जना रहेको छ । त्यस्तै नवलपरासी पश्चिमबाट ९ पालपाबाट २३ र चितवनबाट २ जना रहेको छ । तनहुँबाट ३ रुपन्देहीबाट ३,नुवाकोटबाट ४,बाँकेबाट १३६,रुपन्देहीबाट १०४,रौतहटबाट ९५ र बाराबाट २७ जना रहेको छ । त्यसैगरि झापाबाट १०,मोरङ्गबाट २२,सुन्सरीबाट १८४ सप्तरीबाट २ र बाँकेबाट २ जना रहेको छ ।
तपाईको प्रतिक्रिया !